
Csb
Ksb
Ksb
Ksb
Ppu
Rks
Gsb
Ssb
Bsn
Fmb
Rsb
jsb
Usb
Nsb
Tgp
Ssb

Gsb
Tsb
Ssb
Hl1
Usb

Rgu
Nps
ptl
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुबाङको ५४ औं वार्षिक उत्सब तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।
उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम मरासिनीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले अरुनिमा सिंह अब्राहम लिङ्गकन र झमक कुमारी घिमिरेको उदारण दिएर आफू राम्रो र ठिक हुनु पर्छ भन्दै विद्यालयका विद्यार्थीहरुसंग बोल्दा बोल्दै बार्तालाप पनि गर्नु भएको थियो ।
त्यस्तै सांसद चौधरीले कम्प्युटर पढाईको लागि ३८ लाखको बजेत र १५ लाख पर्खाल निर्माणको लागि त्यस्तै रङ रोगन गर्न ५ लाख गरि ५८ लाख बजेट विद्यालयलाई विनियोजन गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।
यस्तै उक्त कार्यक्रममा विशिष्ट अतिथि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तारा बहादुर डि.सि, विद्यालय व्यवस्थापन समितिका पुर्ब अध्यक्ष नरबहादुर केसि,गेमबहादुर खड्का लगयतका बक्ताले बोल्नु भएको थियो ।
शिक्षक मोहोन पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा आर्थिक प्रतिवेदन शिक्षक अभिभावक संघका अध्यक्ष नारायण प्रसास शर्माले गर्नु भएको थियो भने शैक्षिक प्रतिवेदन विद्यालयका प्रअ लोकेन्द्र केसिले गर्नु भएको थियो ।
यसैगरि कार्यक्रममा समाजसेवीहरुलाई प्रमाणपत्र अबिर र खादा ओढाएर सम्मान गरिएको थियो । साथै सो विद्यालयमा अध्ययनरत उषा आचार्यको ब्याजले राम्रो अङ्क ल्याएर पास भएकी गौमती घर्ती मगरलाई नगद २७०० को छात्रावृत्ती प्रदान गरिएको थियो भने कार्याक्रम सन्चालन शिक्षक दिलबहादुर कुमालले गर्नु भएको थियो ।

