
cjs
Sgr
Pes
Ses
Lnp
Unsku
Rgp1
Rgp
Djs
Pbu
Srbpu
Gfs
Ggp
pku

Rgu
Asm
Vor
Gst
Tsm
Ksm
Pvg
Rsb
Rgu
Ssm
Rgs
Bbbpu
nsb
Ggd
Sls
Sbs
Wsp
Hal
Bbu

Rmb
Mks
Pls
bbt
Syp
Abd
Gsb
Rpp
Bml
Ptm
sab
Jmb
Jmb
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजिपी) शैलेश थापा क्षेत्रीले हालै पदोन्नति भएका ३ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरे ।
नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर)को २०७८ चैत १७ गतेको निर्णयले चैत ८ गतेबाट लागू हुने गरी प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका बसन्तकुमार पन्त, धिरज प्रताप सिंह र रबिन्द्र बहादुर धानुकलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे । पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूले आगामी दिनमा देखाउने कर्तव्यपरायणता र ईमान्दारीताले पदोन्नतिलाई सिद्ध गर्ने उनले चर्चा गरे ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले संगठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नीति निर्माण एवम् संगठनले अख्तियार गर्नु पर्ने अग्रगामी मार्ग प्रशस्त गर्न, अख्तियारीमा रहेका काम र कार्य विधिहरूलाई थप अध्यावधिक गर्ने लगायतका बिषयमा पदोन्नति भएका प्रहरी अतिरिक्त महा निरीक्षकहरूले संगठनलाई योगदान पुर्याउनेमा विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक बसन्तकुमार पन्तले संगठन र संगठनमा आवद्ध सदस्यहरूको लागि हक हित र श्रीवृद्धिका लगि सदैव प्रतिवद्ध रहेन उल्लेख गरे । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
