
Ksb
jsb
Bsn
Tgp
Ssb
Nsb
Ksb
Usb
Rks
Rsb
Gsb
Ppu
Csb
Ssb
Ksb

Hl1
Ssb
Gsb
Usb
Tsb

Rgu
ptl
Nps
गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गएराती जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर–१ झेदीमा लु ३ त २८३३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा परेर ट्याक्टर चालक जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–६ निवासी ३१ वर्षको रेशम कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना स्थलबाट चालकको अचेत अवस्थामा उद्धार गरिएको थियो ।
दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिव ३ सय मिटर तल खसेको छ । ट्याक्टरले झेदी स्थित सडक निर्माणमा काम गर्दै आएको प्रहरीले जनाएको छ । मृतक चालकको शव पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको छ ।कामनाडेली
