
Usbl-7
Pbu
Rksr-7
jsbr-3
Csbg-7
Msbg-2
Jsbg-7
Gsbr-6
ksbl-7
Gsbg-3


बाँके । खजुरा गाउँपालिका १ राधापुरबाट प्रहरीले हतियारसहित लागु औषध कारोबारीलाई पक्राउ गरेको छ । बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले करिब ९० ग्राम ब्राउन सुगरसहित स्थानीय २५ वर्षका रबिन्द्र थापा, २७ वर्षका मनिष थापा र २८ वर्षको सुरेश मगरलाई पक्राउ गरिएको हो ।
त्यस्तै भर्खरै मात्र सरुवा भएर आउनु भएका राधापुर प्रहरी चौकीको कमान्ड सम्हालेको चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक रबिन्द्र बहादुर बमको टोलीले ठुलो सफलता हात पारेको छ ।
रबिन्द्रको पुरानो घरमा बसेर उनिहरुले लागु औषध ब्राउन सुगर सेवन तथा कारोबार गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो । त्यहीँ अनुसार घटनास्थल पुगेको प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । उक्त ब्राउन सुगर रबिन्द्रको साथबाट बरामद भएको हो ।
