
Pbu
Srbpu
Sgr
Rgp
Lnp
Unsku
Pes
Djs
pku
sbs
Rgp1
Gfs
cjs
Ggp

Sls
Gst
Rsb
Rgu
Bbu
Wsp
Sbs
Rgs
Vor
Rgu
Ksm
Pvg
Tsm
Ggd
nsb
Bbbpu
Ssm
Hal
Asm

sab
Mks
Ptm
Rpp
Jmb
Jmb
Pls
bbt
Abd
Bml
Syp
Gsb
Rmb
दाङ । नेपालले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यअनुसार सन् २०३० बाट नेपालमा हात्तीपाइले निवारण अभियान सञ्चालन भइरहेको छ ।
यस अघि सन् २००१, २००५ र २०१२ मा भएका थिए । ती अध्ययनमा नेपालमा हात्तीपाइले रोग व्यापक रहेको देखाएको थियो । सर्वेअनुसार नेपालका ६३ जिल्ला हात्तीपाइलेको जोखिममा छन् । सर्वेक्षण अनुसार ६३ जिल्लामध्ये ४८ जिल्लामा हात्तीपाइले रोग समुदायस्तरमा सङ्क्रमण नरहेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ४८ जिल्लामा समुदायस्तरमा हात्तीपाइलेको सङ्क्रमण रोकिए पनि पाँच जिल्लामा भने समुदायस्तरमा फैलिइसकेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत तथा हात्तीपाइले रोगका फोकल पर्सन रामकुमार महतोले दाङ,कपिलवस्तु, बाँके, कैलाली लगाएतका जिल्लामा यस अघिदेखि नै समुदायस्तरमा हात्तीपाइले सङ्क्रमण यथावत् रहेको जानकारी गराउनुभएको छ । उहाँले यी जिल्लालाई लक्षित गर्दै फागुन २८ देखि हात्तीपाइले रोगविरुद्ध आमऔषधि सेवन कार्य सुरु गरिने बताउनुभएको छ ।
