दाङ । बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालले प्रथम जिल्ला स्तरीय उपभोक्ता भेला तथा अधिवेशन सम्पन्न गरेको छ ।
बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशले शनिबार दाङको लमहीमा सम्पन्न गरेको उक्त भेला तथा अधिवेशनले बम कुमारी खड्काको अध्यक्षतामा १३ कार्य समिति गठन गरेको हो । जसको उपाध्यक्षमा अमर कुँवर,महासचिवमा किशोर कुमार घर्ती,सचिवमा निमा वली, कोषाध्यक्षमा रुपी बाठा मगर त्यस्तै सदस्यहरुमा चयन कुमार चौधरी,कुलबहादुर वलि,हरि बि.क, बामदेव भुसाल,सृष्टि परियार कमला डाँगी,धर्मी यादव,रिक्षा केसी लगायतलाई सर्बसहमतीमा निर्वाचित गरिएको हो ।
बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दिपक कुमार थापा मगरको अध्यक्षता तथा बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालका केन्द्रीय अध्यक्ष रेणु सेनको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि सेनले बैज्ञानिक वन व्यवस्थापनको मुख्य उदेश्य भनेको उत्पादन र उत्पादनशील बढाउने रहेको बताउनु भएको छ ।
साढेको लडाइमा बाछाको मिचाइ भने झैँ एउटा राजनीति लडाइँको कारण पश्चिम् कैलालीमा घटेको घटनाको भरमा नेपाल सरकारले नै ल्याएको बैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ लाई केही जानकारी नदिएर हचुवाको भरमा खारेज गर्नु दुखदायी रहेको बताउनु भयो । उक्त बैठक कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष सेनले नेपाल सरकारद्वारा बैज्ञानिक वन व्यवस्थापनको कार्यविधि २०७१ मा कुनै कमिकम्जोरी भएको खण्डमा त्यस भित्रको नराम्रा पक्षलाई हटाएर राम्रो पक्षलाई राखेर कार्य गर्ने ठाउमा कुनैपनि जानकारी र निकास नदिएर एकैचोटि खारेज गरेकोले आज देशमा दुईवटा वन महासंघ भएको बताउनु भयो ।
त्यस्तै बैज्ञानिक वनलाई चाहे जुनसुकै नाउँ दिएपनि काम चाहिँ बैज्ञानिक ढंगले हुनु पर्छ भनि निरन्तर हाम्रो संघर्ष रहेकोे छ,अध्यक्ष सेनले भन्नू भयो । यस्तै नेपाल सरकारद्वारा संचालित डिभिजन वन कार्यालयले जतिको कुनैपनि काम कार्य गर्दा फेको वनलाई जानकारी गराएर काम गर्छ अब त्यतिकै यस बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाललाई पनि जानकारी गराएर काम गर्नु पर्ने बताउनु भयो ।
यस्तै उहाँले नव गठित जिल्ला महासंघलाई अबदेखि जिल्लाका डिभिजन वन कार्यालयहरुमा गएर आफ्नो महासंघ जिल्लामा आबद्ध रहेको तत्काल जानकारी गराउन अनुरोध गर्नु भएको छ ।
बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ
लुम्बिनी प्रदेशका उपाध्यक्ष पुर्ण माकश्यको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालका केन्द्रीय सदस्य डम्बर बहादुर श्रीष,डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मुरारीराज शर्मा,प्रदेशका महासचिव होम बहादुर गुरुङ,गोपी सामुदायिक वन उपभोक्ता समुहका सल्लाहकार खिम बहादुर योगी लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रमको संचालन प्रदेश सचिव टोपेन्द्र खड्काले गर्नु भएको थियो ।