दशरथ घिमिरे शनिबार, फाल्गुण २१, २०७८

दाङ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा शोभाकर पन्थीको अध्यक्षतामा ४६ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

जसको उपाध्यक्षमा दशरथ घिमिरे(दाङ), लक्ष्मी तिमिल्सेना(बाँके),महासचिव निरा गौतम(निरु)(रुपन्देही), सचिव रेनीमाधव वस्याल(नवलपरासी पश्चिम),ओपेन्द्र बस्नेत(दाङ),कोषाध्यक्षमा एलवि थापा(प्युठान) चयन हुनु भएको छ । शनिबार राप्ती उपत्यका देउखुरीमा सम्पन्न भएको छ। अधिवेसनको उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश संयोजक छविलाल विश्वकर्माले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको बताउनु भएको छ ।

यस्तै स्थानीय तहको निर्वाचन सहित प्रदेश र संघको चुनावमा प्रेस चौतारीको भुमिका महत्पूर्ण हुने र निर्वाचन केन्द्रीत भूमिकामा जुट्न आग्रह गर्नु भएको छ । अहिलेको आवश्यकता संरचनालाई अध्यावधिक गर्नुपर्ने र एकीकृत हुनुपर्ने बेला आएको भन्दै उहाँले यतिबेला कामको समीक्षा निर्मम रुपमा गर्नुपर्ने भन्दै नराम्रो कामलाई छाडेर अब सकारात्मक काममा लाग्नुको विकल्प नभएको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै केन्द्रीय पोलिटब्यरो सदस्य तथा प्युठान जिल्ला इञ्चार्ज सुर्य थापा, नेकपा एमाले केन्द्र ससदस्य गंगा चौधरी, पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, मोहन चापागाईं, प्रदिप आचार्य, अमृत गिरी, सविन प्रियशन लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो । प्रेस चौतारी नेपाल लुम्बिनीले संगठनका अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ । अग्रज पत्रकार सम्मानको रुपमा पुर्व उपाध्यक्ष मोहन चापागाईं, शरद अधिकारी र पुर्व कोषाध्यक्ष अक्षरी पोखरेल लाई सम्मान गरेको छ ।

यस्तै चौतारी लुम्बिन ले उत्कृष्ट पत्रकार सम्मानको रुपमा रुपन्देही शाखाबाट कृष्ण खनाल, बाँकेबाट विश्वराज पंछांग्या,दाङबाट रन्जिता अधिकारी, पाल्पाबाट कृष्णप्रसाद पोखरेल,कपिलवस्तुबाट गिता पौडेल,नवलपरासीबाट मोहन पौडेल, अर्घाखाँचीबाट नवीन केसी र रुकुमबाट महेश केसीलाई नगद सहित पुरस्कृत हुनु भएको छ । यस्तै उत्कृष्ट शाखाको रुपमा रुपन्देही शाखा र दाङ शाखा पुरस्कृत भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]