कपिलवस्तु । नेपाल मुस्लिम यूनिवर्सिटी र मदरसा इस्लामियाको मसाइल र तरक्कीमा ध्यानाकर्षण र चिन्तन विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । मदरसा संरक्षण समिति विजयनगरको अगुवाईमा विजयनगर गाँउपालिकाको अहले सुन्नत फैजे गौसिया पिपरी मा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता डा.जहिरूल हसन खान, प्रमुख अतिथिमा पूर्व जि.शि.अधिकारी अब्दुल रउफ खां,विशिष्ट अतिथिमा हाजी अब्दुल कलाम खान,मौलाना अकबर खान, मौलाना मुस्तक बरकाती,अकरम पठान लगायत रहनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै डा.जहिरूल हसन ले आफूहरू मदरसाको संरक्षण गर्न हरेक सम्भव प्रयास गर्ने बताउदै विजयनगरमा मुस्लिम युनिवर्सिटीको जग छिट्टै स्थापना हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खां ले मदरसा शिक्षा ले मुस्लिम समुदाय शिक्षित हुने अवसर पाई रहेको बताउदै मदरसा हरूको संरक्षण गर्नु मुस्लिम समुदायको कर्तव्य रहेको बताए ।
कार्यक्रममा बोल्दै अकरम पठानले मदरसा लाई राज्यले मुल प्रवाहिकरणमा ल्याई मदरसामा पढाउने शिक्षकको व्यवस्थापन राज्यले गर्नुपर्ने बताए । कार्यक्रममा अतिथि हाजी अब्दुल कलाम खान,मौलाना अकबर खान,मौलाना मुस्ताक बरकाती, मौलाना मुजीबुर्रहमान,कलाम भाई व्यक्तित्वहरु ले आफ्नो विचार प्रकट गर्नु भयो ।कार्यक्रममा लगभग पचास मदरसाका आलीम र मदरसा व्यवस्थापन समितिका अध्यक्ष हरूको उपस्थित रहेको थियो । कार्यक्रम संचालन मौलाना सद्दाम साहबले गर्नुभयो ।