Sidha Patra शनिबार, फाल्गुण २१, २०७८

दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक,पर्यटन तथा कृषि प्रदर्शनी २०७८ का बारेमा सुरक्षा निकाय तथा स्वास्थ्य क्षेत्रका व्यक्तिहरु संग छलफल गरिएको छ ।

छलफलमा सहभागिहरुले संघले थालेको कार्यलाई आफनो क्षेत्र वाट सहयोग गर्ने बताएका थिए । उनीहरुले प्रदर्शनीलाई सभ्य तथा भव्य बनाउनका लागि आ आफनो क्षेत्रमा बाट सुझाव समेत दिएका थिए । त्यस अवसरमा जिल्ला ट्राफिक प्रहरी प्रमुख,वडा प्रहरी कार्यालय घोराहीका प्रमुख जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, नेपाली सेनाका प्रतिनिधि र घोराही क्षेत्रमा रहेका निजी तथा सरकारी अस्पतालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम मुल आयोजक समितीका सह संयोजक अनिल आचार्यको अध्यक्षता तथा मुल आयोजक समितीका सह संयोजक एवम संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो । मुल आयोजक समितीमा सह संयोजक रामप्रसाद पोख्रेलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण पार्किङ व्यवस्थापन उप समितीका संयोजक विनोदप्रसाद पाण्डेले गरेका थिए ।

पार्किङ व्यवस्थापन उप समिती विस्तार गरिएको छ । समितीको सदस्यमा रत्नराम वञ्जारा,क्षेत्रवहादुर केसी, घनश्याम खनाल,भोजराज के सी,गोपाल खनाल,शहदेव थारु रहेको छन् । समितीको सल्लाहकारमा श्रीधर पोख्रेल, छविनारायण गिरी रहेको पार्किङ व्यवस्थापन उप समितीका संयोजक विनोद पाण्डेले जानकारी दिए ।

प्राथमिक उपचार व्यवस्थाप उप समिती विस्तार गरिएको छ । उप संमितीका संयोज लिलाराम खडकाको अध्यक्षतामा तथा मुल आयोजक समितीका सह संयोजक नरेश कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो । समितीको सदस्यहरुमा दिनेश आचार्य,भेषराज वि सी,श्यामकुमार गिरी,बालकुमार घर्ति, राजिमान वुढा,भुवनेश्वर बुढा,धुव्र रावत,धर्मन्द्र श्रेष्ठ,विक्रम कुवर,थम्मन चौधरी, डिल्लीराज आचार्य,लिलावहादुर डाँगी, शुसीलप्रकास आचार्य,रत्नराम बञ्जारा,हिरालाल बि.क, भिमसेन डाँगी, सालिकराम आचार्य,चेतनाथ धिताल रहेका छन् । समितीका सल्लाहकारहरुमा टंक पोख्रेल, श्रीधर धिताल,बिरवहादुर खत्री (विरु) रहेका छन् । बैठकले औषधी आपुर्तीका लागि वलकुमार घर्ति, उपचार तथा एम्वुलेन्स व्यवस्थापनका लागि दिनेश आचार्य,प्राविधिक जन शक्ति व्यवस्थापनका लागि शालिकराम आचार्य,यातायात व्यवस्थापनका लागि रत्नराम बञ्जारा र पानी व्यवस्थापनका लागि धर्मराज श्रेष्ठ लाइ जिम्मेवारी दिने निर्णय गरेको छ ।

त्यसैगरी स्वयसेवक परिचालन उप समिती विस्तार गरिएको छ । उप समितीका संयोजक ज्ञानवहादुर फौदार क्षेत्रिको अध्यक्ष तथा मुल आयोजक समितीका सह संयोजक अनिल आचार्यको प्रमुख आतिथ्यतामा भएको बैठकले समिती विस्तार गरेको हो । समितीको सदस्यहरुमा पुकार रावत,वोधिकिरण महरा, बलिराम के सी,मिलन शर्मा,पदम चन्द्र,भुपेश चौधरी, मुकेश भुसाल रहेका छन् । समितीको सल्लाहकारमा रुपक थापा,रोम वली रहेका छन् । संघको आयोजनामा“उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास” भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी हुन लागेको हो ।

प्रदर्शनीको लागि प्रचार प्रसार,चिठी पत्र पठाउने,भेटघाट, छलफल तथा प्रदर्शनी स्थलमा भौतिक निर्माण कार्य समेत तिव्रता दिएको प्रर्दशी मुल आयोजक समितीका संयोजक टंकसिंह वुढाथोकीले जानकारी दिए । प्रदर्शनीलाई मर्यादित तथा व्यवस्र्थीत बनाउन सबै उप समितीले काम अगाडि बढाएको उनको भनाइ छ ।

यसैगरी अहिले सबै उप-समितीहरुले आफनो कामलाइ तिव्रता दिएको मुल आयोजक समितीका सह संयोजक एवम संघका महासचिव महेन्द्र वढाथोकीले जानकारी दिए । अहिले सबै उप समितीहरुले आफनो जिम्मेवारी अनुसार आफनो कामलाइ तिव्रता दिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका सञ्चार संयोजक अमरराज आचार्यले जानकारी दिएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]