
Usbl-7
Msbg-2
Csbg-7
Rksr-7
jsbr-3
Pbu
ksbl-7
Jsbg-7
Gsbr-6
Gsbg-3


दाङ । गढवा गाउँपालिका र यहाँ कृयाशिल संघसंस्थाहरुले बिविध कार्यक्रमकासाथ ११२ औं अन्तराष्ट्रिय नारी दिवस बिविध कार्यक्रमका साथ मनाउने भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको अध्यक्षतामा स्थानीय संघसंस्था, महिला अधिकारकर्मि र महिला जनप्रतिनिधी सहितको बैठकले बिविध कार्यक्रमका साथ नारी दिवस मनाउने कार्यक्रम तय गरेको हो । तय गरिएका कार्यक्रम अन्तर्गत फागुन २२ का दिन गढवा गाउँपालिकाको सभाहलमा अन्तरक्रिया गरिने छ । फागुन २३ का दिन गढवा गाउँपालिका भरका सरकारी र निजी बिद्यालयका कक्षा ८ देखि १२ सम्मका बिद्यार्थिहरु बिच स्थलगत निबन्धलेखन प्रतियोगिताको आयोजना गरिने भएको छ ।
फागुन २४ का दिन बिभिन्न साँस्कृतिक झाँकीहरु सहित गढवा बजारमा शोभायात्रा तथा र्याली गरिने र महिलाहरु बिच कुर्सी दौड,तातो आलु र १ सय मिटरको दौड लगायत बिविध खेलकुद प्रतियोगीता आयोजना गरिने छ । सोही दिन एक कार्यक्रमको आयोजना गरि उत्कृष्टहरुलाई पुरस्कार बितरण गरि कार्यक्रमको समापन गरिने महिला तथा वालवालीका शाखाले जनाएको छ ।
