दाङ । गढवा गाउँपालिका वडा नम्बर ५ का चन्द्रबहादुर नेपाली पेशाले सिलाई ब्यवसायी हुनुहुन्छ तर ग्राहकले कोट सिलाउन अर्डर गरेभने फर्काउनु पर्ने बाध्यता थियो ।
दुई महिनाको एड्भान्स सिप सिकेपछि अब उहाँले सजिलैसंग दौरा,सुरुवाल र कोट सिलाउन सक्ने भएको बताउनुभयो । सिलाई कटाई पसल संचालन गरेको धेरैबर्ष भयो तर कोट सिलाउने ग्राहक आएभने लमही जानुस भन्नुपर्ने बाध्यता थियो । राम्रोसंग कोट सिलाउन सकिदैनथ्यो । घरेलुले दिएको २ महिने एड्भान्स तालिमले राम्रोसंग कोट सिलाउने र कटिङ गर्नसक्ने बनाएको छ–गढवा बजारमा सिलाई पसल संचालन गर्नुभएका भोला टेलर्सका प्रोपाइटर एकाबहादुर दमाईले भन्नुभयो ।
त्यसो त गढवा–६ मनिकापुरकी सुन्तली नेपाली र गढवा ५ निवासी देवा परियारले पनि एड्भान्स तालिम लिएपछि अब सजिलै संग कोट,चोली,पाइण्ट र दौरा सुरुवाल सिलाउन सक्ने भएको बताउनुभयो । हामीलाई घरेलु कार्यालय र गाउँपालिकाले सिप त सिकायो नै त्यसमा पनि मसिन र आइरन लगायतका सामानहरु पनि दियो । सिपसंगै प्रबिधि समेत पाएका छौं–गढवा ६ निवासी बलबहादुर नेपालीले भन्नुभयो । उहाँहरु लगायत २ महिना सम्म एड्भान्स तालिम सिकेका १९ जना दलित बर्गका सिलाई ब्यवसायीहरु सिप संगै प्रबिधि पाउँदा खुसी भएको बताउनुभयो । कोट,वेष्टकोट,ज्वारी, दौरा र सुरुवाल सिलाउन अब ग्रहकलार्य लमही पठाउनु पर्दैन, हामी आफैले सिलाउन दक्ष भएका छौ–सिलाई तालिम लिनुभएका सबैले बतानुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय दाङले भगत सबृजित सिप बिकास कार्यक्रम अन्तर्गत २ महिने एड्भान्स सिलाई कटाई सिकाएर मसिन समेत प्रदान गरेको हो । सिप संगै प्रबिधि पाउँदा स्थानीय खुसी भएका छन् । गढवा गाउँपालिकाको समनवय र सहकार्यमा १९ जना सिलाई पसल संचालन गरेका दलीतहरुलाइ सिलाई कटाईमा दक्ष बनाउन सिपबिकास तालीम संचालन गरेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनुभयो ।
यसैबिच घरेलु तथा साना उद्योग कार्यालय दाङका कार्यालय प्रमुख उमबहादुर वलीको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आचिथ्य र वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालको बिशिष्ट आतिथ्यमा दुई महिने एड्भान्स सिलाई कटाई तालिम शुक्रवार समापन गरिएको छ । कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका दिनमणि आचार्य, तालिमका सहभागी चन्द्र बहादुर नेपाली,स्थानीय समाजसेवी रेशम शाही र प्रशिक्षक बुद्धिराम नेपाली लगायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन कार्यालयका अधिकृत बिक्रम केसीले गर्नुभएको थियो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयले तालिमका सहभागी सबैलाई ४ लाख २ हजार बराबरका सिलाई मसिन र आइरन लगायतका प्रबिधि समेत हस्तान्तरण गरेको थियो ।
ढकिया बुनाई तालिम समापन यसैबिच गढवा गाउँपालिकाको समन्वय सहकार्य र घरेलु तथा साना उदोग कार्यालय दाङको आयोजनामा संचालीत २ महिने ढकीया बनाउने तालिम शुक्रवार एक कार्यक्रमका बिच समापन गरिएको छ । सो तालिमबाट बिपन्न,सिमान्तकृत जात जातीका १० जना महिलाहरुले ढकीया बुन्न सक्ने भएका छन् ।
कार्यालय प्रमुख उमबहादुर वलीको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको प्रमुख आतिथ्यमा तालिम समापन गरिएको हो । कार्यक्रममा बोल्दै उपाध्यक्ष शान्ती चौधरीले थारु जातिको पहिचान ढकिया बुनाईले रोजगारी सृजना गरेको र ठाउँको पहिचान बनाएको बताउनुभयो । कार्यत्रलममा गढवा गाउँपालिका न्यायिक समितिका कर्मचारी शुरेस पौडेल,पत्रकार शिबराज पन्थी, प्रशिक्षक रामकुमारी चौधरी सहभागी प्रशिक्षार्थी उत्तम चौधरी लगायतले बोल्नु भएको थियो ।