अजय मिश्र/कपिलवस्तु शुक्रबार, फाल्गुण २०, २०७८

कपिलवस्तु । जिल्लाकाे कृष्णनगर नगरपालिकामा एकैदिनमा दुई ठुला याेजना उद्घाटन गरिएकाे छ ।

पुर्व कृषि मन्त्री एवं नेपाली कांग्रेसका प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यकाे प्रमुख अतिथ्यतामा कृष्णनगर नगरपालिकाकाे दुई वडा ८ र ९ काे संयुक्त कार्यालय तथा सुरई खाेलामा झाेलुङ्गे पुलकाे एकैसाथ उद्घाटन गर्नुभएकाे छ । नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नगरभित्रका अधिकांश ठुलायाेजनाहरु निर्माण समपन्न भईसकेकाले उद्घाटन गरि सुचारु गर्न लागिएकाे बताउनुभयाे ।

नगरप्रमुख शाहले बहादुरगजमा संयुक्त वडा कार्यालय तथा डुमाई, पुरुषाेत्तमपुर लगायतका गाउंलाई नगर केन्द्र र लिंक राेड जाेड्ने सुरई खाेलामा बनाइएकाे झाेलुङ्गे पुल पनि संगै उद्घाटन गराई संचालनमा ल्याईएकाे बताए । हाल वडा ८ र ९ साविककाे बहादुरगंज गाविसकाे पुरानाे कार्यालय भवन जीर्ण बन्दै गएकाेले र वडा ८काे कार्यालय भाडामा संचालन रहेकाले संयुक्त वडा कार्यालय बनाइएकाे जानकारी याेजना प्रमुख साकिर अहमद शाहले जानकारी दिनुभयाे ।

त्यस्तै उद्घाटन कार्यक्रमकाे संचालन राेजगार संयाेजक इश्वरि पाैडेलले गर्नुभएकाे थियाे भने नेपाली कांग्रेसका जिल्ला सचिव प्रेम रायमाझी , क्षेत्रिय संयाेजक ब्रहम्मानन्द उपाध्याय,नगर सभापति देवानन्द शुक्ला,अजय उपाध्यय,गंगेश तिवारी लगायत वडाध्यक्ष संजय गुप्ता, तुङ्गनाथ चाैधरी तथा कार्यपालिका सदस्य,कर्मचारी र सर्वसाधारणकाे उपस्थिति थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]