Sidha Patra बुधबार, फाल्गुण १८, २०७८

दाङ । देउखुरीमा गएराती दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गढवाले दिएको जानकारी अनुशार मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ७ आनन्दपुर निवासी सिमसार चौधरीका १० वर्षिया छोरी सन्ध्या चौधरी रहेकी छन ।

मृतक चौधरी र अन्य दुई जना मंगलवार राती साढे दश बजेको समयमा रा ३ प ३४६१ नम्बरको मोटरसाइकलमा सवार रहेका थिए । गोबरडिहा शिवरात्रिको मेला हेर्न जान लागेका उनिहरु सवार रहेको मोटरसाइकल गढवा गाउँपालिका वडा नम्बर २ महदेवा पुल नजिक बिपरित दिशाबाट आइरहेको लु २ च ७६८२ नम्बरको कारसंग ठोक्किएको हो ।

कारको ठक्करबाट गम्भीर घाइते भएकी सन्ध्याको लमहीमा उपचारका क्रममा गएराती नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । राप्ती गाउँपालिका ४ सगरापुरका मोटरसाइकल चालक अन्दाजी ४४/४५ वर्षिय जयराम चौधरी, सोही ठाउँ निवासी बेद कुमारी चौधरी घाइते भएका छन । उनिहरुको लमही स्थित फ्लोरेन्स अस्पतालमा सामान्य उपचार पछि कोहलपुर रिफर गरिएको छ । त्यस्तै ठक्कर दिने कार चालक राप्ती गाउँपालिका ४ का संदिप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]