Sidha Patra आइतबार, फाल्गुण १५, २०७८

दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को तयारी तिव्र पारिएको छ ।

सबै समितीका संयोजकले आ आफनो समितीको कार्यलाइ तिव्रता दिएका छन् । अहिले प्रदर्शनीका वारेमा छलफल, भेटघाट, चिठी पत्र पठाउने एवम प्रदर्शनी स्थलमा भौतिक निर्माणको कार्यलाई समेत तिव्र बनाइएको प्रदर्शनी मुल आयोजक समितीका उप संयोजक तथा संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।

आइतवार मञ्च व्यवस्थापन उप समिती विस्तार गरिएको छ । मञ्च व्यवस्थापन समितीका संयोजक देवकला बस्नेतको अध्यक्षतामा वसेको बैठकले उप समिती विस्तार गरिएको हो । मञ्च व्यवस्थाप समितीको उप संयोजकमा प्रेम गौतम,सह संयोजकमा प्रेम शर्मा रहेका छन् । सदस्यहरुमा रुद्र शर्मा,आन्द चौधरी,सुरेश वुढा,इश्वरा गौतम, भरतमणि पौडेल,मनोज रसाइली,देविराम वि क, राजेन्द्र दाहाल,चाहाना झाँक्री,टिका बोहरा,गंगा पुन, बशन्ता अधिकारी,शुसिला पुन,मिलन सानु मगर रहेका छन् ।

यसैगरेर महिला उद्यमीहरु समिती गठन गरिएको छ । महिला उद्यमी समितीका संयोजक देवकला वस्नेतको अध्यक्षतामा वसेको बैठकले समिती गठन गरेको हो । जसको सह संयोजकमा प्रेमकुमारी पुन, रहेकी छिन् । समितीको सदस्यमा विष्णु थापा,मिना लम्साल,जिवा भुसाल,विष्णु कालाथोकी,इन्दु वुढा, माया चौधरी,सिताकुमारी चौधरी,लिला नेपाली, झुला डाँगी,विणा खनाल,विणाकुमारी पुन, चन्द्रकुमारी वुढा,मनिसा पुन रहेका छन् ।

बैठकमा सहभागिहरुले संघले गर्न थालेको प्रदर्शनीमा आफनो तर्फ वाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए । संघको आयोजनामा “उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भरमुखी अर्थतन्त्रको निकास” भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी हुन लागेको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]