Sidha Patra शनिबार, फाल्गुण १४, २०७८

सल्यान । सल्यानमा अवैध काठ सहित दुईवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शुक्रबार बेलुका करिब १० बजेतिर छत्रेश्वरी गाउँपालिका -५ लेकपाेखराबाट लान्ती तिर आइरहेका दुईवटा ट्याक्टरलाई शारदा नगरपालिका वडा नं. -१३ संघार स्थितमा प्रहरी चौकी भोटेचौरबाट प्रहरी सहायक निरीक्षक दुर्गा गुरुङको कमान्डमा खटिएको गस्ति प्रहरी टोलीले शंका लागि रोकी चेकजाँच गर्दा रा १ त २४३८ र रा १ त २०२२ नम्बरको ट्याक्टरमा माथिबाट मसिनो दाउराले छोपी ल्याएको (४० वटा गाेलिया) ९५ क्यु.फिट सल्लाकाे काठ भेटिएपछि नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ।

प्रहरीले नियन्त्रणमा लिएको काठ सहितका ट्याक्टर र चालक शारदा नगरपालिका -१३ का २३ वर्षिय माेतिराम पुन र साेहि ठाउँका २२ वर्षिय केशर पुनलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । चेकजाँचका क्रममा चालककाे साथमा कुनै पनि कागज प्रमाण नभएपछि कागज प्रमाण लिनकाे लागि ट्याक्टर प्रहरी चौकी भाेटेचौरमा राखेर दुवै चालकलाई छाेडिए पनि कागज प्रमाण ल्याउन नसके पछि शनिबार दिउँसो पुनः दुवै चालकलाई नियन्त्रणमा लिई ट्याक्टर काठ सहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय सल्यानमा पठाइकाे छ।

त्यस्तै थप अनुसन्धानकाे लागि ईलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक श्यामप्रकाश यादवकाे कमान्डमा ५ जनाकाे प्रहरी टाेली खटाइएको र थप अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।सहारा डटकम

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]