
Lnp
Rgp
Ggp
Asb
Usb
Sgp
Lks
Rgp
Dus
lnp
ksb
Ggp
Jns
Rgp
Rgp

lms

दाङ । दाङको देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ लमहीको प्रथम अधिवेशन तथा वनभोज कार्यक्रम शनिबार लमही नगरपालिका ३ जखेरातालमा सम्पन्न भएको छ ।
अभिवेशनले पुन:जागेश्वर बस्यालको अध्यक्षतामा २ सदस्य पछि मनोनित गर्ने गरी १७ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा पदम केसी, महासचिवमा राजेशकुमार गुप्ता, सचिव कमल गुरुङ, कोषाध्यक्षमा लुमाकान्त बोहरा लगायत अन्य सदस्यमा रहेका छन् ।
संघका अध्यक्षता जागेश्वर बस्यालको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम चौधरीको प्रमुख आतिथ्यता तथा देउखुरी उद्योग वाणिज्य संघ लमहीका उपाध्यक्ष केशवराज पोख्रेलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा गढवा उद्योग वाणिज्य संघका उपाध्यक्ष ओमप्रकाश बस्याल संघका वरिष्ठ उपाध्यक्ष पदम केसी,उपाध्यक्ष जितेन्द्र गुप्ता,सदस्य अविशेक पोख्रेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो कार्यक्रमका संयोजक प्रकाश बेल्वासेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको संचालन संघका महासचिव राजेशकुमार गुप्ताले गरेका थिए ।
