
Rgp
lnp
Usb
Asb
Lks
Dbs
Lnp
Ggp
Rgp
Pbu
Dus
Rgp
Jns
ksb
Ggp
Sgp
Rgp


दाङ । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई उद्यमको सहरका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । शनिबारदेखि तुलसीपुरमा सुरु भएको मेयर दिगो उद्यमशिलता बुट क्याम्पको उद्घाटन गर्दै उहाँले एउटा घर, एउटा कार र मासिक पचास हजार रुपैयाँ कमाउनका लागि उद्यमको विकल्प नभएको उहाँले बताउनुभयो ।
रहर गरेर मात्र नहुने बताउँदै नगर प्रमुख पाण्डेले त्यसका लागि नयाँ सोच, बिचार र दृष्टिकोणले मात्रै परिवर्तन ल्याउने बताउँनुभयो । त्यसैगरी उहाँले प्रकृति र संस्कृतिलाई समेत उद्यमसंग जोड्नु पर्ने बताउनुभयो । पिजा, बर्गर, चाउचाउ भन्दा पनि स्थानीय स्तरमा उत्पादित, ढिंडो, रोटी, खाजा, सेल, ढिक्री, यमरी, लस्सीजस्ता खानेकुराको प्रयोगमा जोड दिनुपर्ने नगर प्रमुख पाण्डेले बताउनुभयो । कार्यक्रममा एफटी जी नेपालका अध्यक्ष डा. सुनिल चित्रकार, हस्तकला महासंघ दाङका अध्यक्ष अशोक थारु, पारिवारीक निजी वन संघका उपाध्यक्ष मेघराज भुषाल, ग्रिन फाउण्डेसन दाङका सचिव सुरेश रावत, राधिका न्यौपाने लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
तुलसीपुर उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेलको अध्यक्षतााम भएको कार्यक्रमको सहजीकरण उद्योग शाखा प्रमुख रेवा रावतले गर्नुभएको थियो । शनिबारबाट सुरु भएको बुट क्याम्प १६ गतेसम्म संचालन हुने छ । बुट क्याम्पमा उत्पादन, बजार, व्यवसायीक र लागत योजनासंगै मुल्य श्रृङखलाका विषयमा सहभागीलाई सिकाइने छ । उद्यम संचालन गरिरहेका र नया उद्यम गर्न चाहने ४० जना युवायुवतीहरुको सहभागिता रहेको छ । अन्तिमदिन सोमबार उत्पादित बस्तुहरुको प्रर्दशनी गरिने छ ।
