प्युठान । प्युठानको सरुमारानी गाउँपालिकाले आईतबार सार्वजनिक बिदा दिएको छ । फागुन १५ गते मगर दिवसको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिइएको हो ।
त्यस्तै गाउँ कार्यपालिकाको फागुन १३ गतेको निर्णयअनुसार मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत चिन्तामणि रेग्मीले बताउनुभयो । सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहनेछन् ।
यस्तै यो पालिकामा मगरहरुको बाहुल्यता छ। मगर समुदायले प्रत्येक वर्ष फागुन १५ लाई मगर एकता दिवसको रूपमा मनाउँदै आएका छन । प्युठान जिल्लामा मगर संघ तथा समुदायले विभिन्न कार्यक्रमका साथ मगर समुदायको भेषभुषा,र्याली तथा झाँकी प्रदर्शन गरि दिवस मनाउने तयारी गरेको जनाएको छ ।