Sidha Patra बिहिबार, फाल्गुण १२, २०७८

दाङ । दाङकाे घाेराहीमा यही फागुन २६ गतेबाट “दाङ औद्योगिक,पर्यटन तथा कृषि प्रदर्शनी ” गर्न लागिएको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघकाे आयाेजनामा फागुन २६ देखि चैत ८ गतेसम्म महाेत्सव आयाेजना गर्न लागिएको संघका अध्यक्ष एवं मूल आयाेजक समिति संयाेजक टंकसिंह बुढाथोकीले जानकारी दिनुभयाे । काेराेना महामारीका कारण धरासयी बनेकाे अर्थतन्त्र उत्थान र यस क्षेत्रकाे कृषि, पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ महाेत्सव गर्न थालिएको उहाँले बताउनुभयो ।

महाेत्सवबाट प्राप्त हुने आम्दानीलाई संघको संस्थागत विकास एवं उद्यमी विकासमा उपयोग गरिने, स्वदेशी उत्पादनमा बृद्धिगरी परनिर्भरमुखी अर्थतन्त्रलाई कम गर्न सहयोग पुयाउने मुल उद्धेश्य राखिएको छ । यस अघि संचालित महाेत्सवबाट बहुउद्देश्यीय सभा गउह निर्माण र घाेराही स्वर्गद्वारी सडक संजाल लगायत जिल्लाकाे आर्थिक समृद्धिमा लगानी गरिएको छ । महाेत्सव दाङको घोराही उपमहानगरपालीका १४ झिँगौरामा आयोजना हुने भएकाे आज पत्रकार सम्मेलन गरि जानकारी गराईएकाे छ ।

प्रदर्शनीमा औद्योगिक तथा व्यापारीक वस्तुहरुको प्रदर्शनी एवं विक्री, हस्तकला, कृषि, जडिवुटी तथा पर्यटन सूचना एवं सूचना प्रविधिको प्रदर्शनी, बिभिन्न प्राविधिक विषयमा जानकारी तथा विज्ञ सहितको अन्तरक्रिया, प्रदर्शनीका आकर्षणका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु, वाल उद्यान, साँस्कृतिक,कला-साहित्य झल्कने कार्यक्रम र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको गतिविधि रहने, प्रदर्शनी स्थलमा लम्विनी प्रदेश का जिल्लाहरुवाट उत्पादित वस्तुहरुका स्टल रहनुका साथै करिब ५ लाख दर्शकहरुले प्रदर्शनी अवलोकन गर्ने र करीब २० करोड रुपैयाको आर्थिक कारोवार हुने विश्वास अायाेजकले लिएको छ । महाेत्सव सफल बनाउन विभिन्न उपसमिति पनि गठन गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]