
Sgr
Rgp
Ggp
Srbpu
sbs
Pbu
Pes
Lnp
Djs
Rgp1
pku
Unsku
Gfs
cjs

Ksm
Pvg
Rgu
Ssm
Bbu
Tsm
Rsb
nsb
Hal
Gst
Asm
Vor
Rgu
Sbs
Bbbpu
Wsp
Rgs
Sls
Ggd

sab
Jmb
Bml
Gsb
Abd
Pls
Mks
Jmb
bbt
Rmb
Syp
Ptm
Rpp
दाङ । सँघिय साँसद मेटमणी चौधरीले देशको समृद्धीका लागि सहकारीको भुमिका अपरिहार्य रहेको बताएका छन् ।
महिलाहरुलाई अग्रसर गराउँदै सहकारीले आम्दानीसँग जोड्न महत्वपुर्ण भुमिका निर्बाह गरेको बताए । दिपन सामाजिक महिला उद्यमी सहकारी सँस्थाको नवनिर्मित भवनलाई उद्घाटन गर्दै साँसद चौधरीले यस्तो बताएका हुन । आफ्नै सँसद कोषबाट बनेको भवन उद्घाटन गर्दै उनले यतिले मात्र पर्याप्त नरहेको बताउँदै महिला सहकारीका लागि सदैब सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे ।
भवन निर्माणका लागि साँसद चौधरीले आर्थिक बर्ष २०७६/०७७ मा १० लाख ८२ हजार ३ सय ६७ र २०७७/०७८ मा ९ लाख ४९ हजार ७ सय ६१ गरि २० लाख ३२ हजार १ सय २८ रूपैया बिनियोजन गरेका थिए । त्यस्तै सहकारीको १३ लाख १ हजार ९ सय ७४ रूपैया गरि ३३ लाख ३४ हजार १ सय २ रूपैयाको लागतमा भवन निर्माण भएको सहकारी सँस्थाले जानकारी दिएको छ ।
सँस्थाकि अध्यक्ष पुनम घर्ती मगरको शभाध्यक्ष तथा साँसद मेटमणी चौधरीको प्रमुख आतिथ्यमा भवन उद्घाटन गरिएको हो । सँस्थाकि कर्मचारी निर्मला घर्तीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा देउखुरी बहुमुखी क्याम्पसका अध्यक्ष गणेश चौधरी, नेकपा एकीकृत समाजबादी पार्टीका दाङ जिल्ला अध्यक्ष सुरामणी बेलबासे, हेफर ईन्टरनेश्नल नेपालका कार्यक्रम सँयोजक जगत चौधरी लगायतका बक्ताले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सँस्थाका ब्यबस्थापक हरि नारायण चौधरीले गरेका थिए ।

