
Unsku
Djs
Pes
Sgr
cjs
Srbpu
Gfs
Pbu
Ggp
Rgp
pku
sbs
Lnp
Rgp1

Hal
Vor
Rgs
Tsm
Ksm
Wsp
Rgu
Pvg
Sls
Gst
Bbbpu
Rsb
Ssm
Asm
Rgu
nsb
Sbs
Bbu
Ggd

Rpp
Mks
sab
Rmb
Bml
Pls
Jmb
bbt
Gsb
Ptm
Jmb
Abd
Syp
कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले मदरसा शिक्षालाई प्राथमिकताका साथ भाैतिक,शैक्षिक लगायत आवश्यक सहुलियतमा ध्यान पुर्याउन निर्देशनसमेत दिएको प्रदेश शिक्षा,विज्ञान,युवा तथा खेलकूद मंत्री वसिउद्दीन खांले बताएका छन् ।
लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले मुलुककाे चाैतर्फी विकासका लागि समानता आवश्यक रहेकाे बताएका छन् । मन्त्री खाँले आर्थिक, शैक्षिक र राजनीतिक रुपमा समानता नभएसम्म परिवर्तन नहुने बताए । उनले समाज परिवर्तनका लागि शिक्षालाई मूलधारमा ल्याउनुपर्नेमा जिकिर गरे ।
मंगलबार कपिलवस्तुकाे कृष्णनगर नगरपालिकामा रहेकाे जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर तथा आयसा ग्रल्स कालेज झण्डानगर मदरसाकाे अनुगमनकाे क्रममा उनले यस्ताे बताएका हुन् । “हामीले यस विषयमा गम्भीरतापूर्वक साेचेर आवश्यक कदम चाल्न जरुरी रहेकाे अन्य समुदाय भन्दा मुस्लिम समुदाय शैक्षिक क्षेत्रमा पछाडी परेकाे बताउँदै मदरसालाई शिक्षाको मूलधारमा ल्याउनका लागि मदरसाका शिक्षक, नेतृत्वकर्ताले पहल गर्नपर्ने जरुरी रहेकाे मंत्री खां ले बताएका थिए।
यसैबीच राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनी अलकुफीले मदरसालाई शैक्षिक मूलधारमा ल्याउन संघबाट सरकारलाई ध्यानाकर्षण गराउँदै आएकाे बताए । सरकारले मुस्लिम समुदायकाे शिक्षालाई उपलब्धिमूलक बनाउन मदरसाका शिक्षकलाई पनि डिग्रिकाे मान्यता दिनुपर्नेमा जाेड दिँदै आएको उनले बताए । शिक्षा प्राविधिक र राेजगारमुलक शिक्षा हुनुपर्ने अलकुफीले बताउदै उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरुलाई धन्यवाद समेत व्यक्त गरेका थिए।
यस्तै राष्ट्रिय मदरसा संघ नेपालका महासचिव मौलाना मशहुद खाँ नेपालीले लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान युवा तथा खेलकूद मंत्री वसिउद्दीन खां, लुम्बिनी प्रदेश योजना आयोगका सदस्य शिवपुजन यादव, शिक्षा विभाग साउदी अरब बाट आएका शैख बदरबिन नासिर अल उन्जीको भव्य स्वागत गर्दै प्रदेश सरकारले अहिले मदरसा शिक्षाका लागि सराहनीय कार्यकाे कदम चालेको बताए । उनले प्रदेशले भाैतिक, शैक्षिक रुपमा मदरसालाई बजेट विनियोजन गरि अहम भुमिकाकाे सुरुवात गरेकाे भन्दै प्रशंसासमेत गरे ।
त्यस्तै अनुगमन क्रममा शिक्षा विभाग साउदी अरबका, शैख बदरबिन नासिर अल उन्जी, जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरका अध्यक्ष समिम अहमद नदवी, आयसा गर्ल्स कलेजका अध्यक्ष डा. मन्जुर अहमद,युवा व्यापारी मिर्जा राशिद बेग लगायतले मदरसा शिक्षालाई सरकारले प्राथमिकतामा राखी आवश्यक पहल गर्न अनुराेध गरेका थिए । कार्यक्रममा जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर तथा आयसा ग्रल्स कालेज झण्डानगरका अध्यक्षले मंत्री खां, साउदी अरब शिक्षा बिभागका अल उन्जी,तथा योजना आयोगका सदस्य शिवपुजन यादव लाई प्रशंसापत्र हस्तांतरण गर्दै सम्मानित गरेका थिए।
