Sidha Patra मंगलबार, फाल्गुण १०, २०७८

दाङ । महान्यायाधिवक्ता खम्मबहादुर खातीले देशमा विधिको शासन कायम गर्न समय काल परिवेश अनुसार सेवा प्रवाहलाई थप व्यवस्थित बनाउदै लैजान मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय दाङको आज नवनिर्मित भवन उद्घाटन गर्दै महान्यायाधिवक्ता खातीले कार्यक्षमता,दक्षता र वृत्ति विकासमा लगानी बढाउन पनि सचेत गराउनु भयो । पीडित वा सेवाग्राहीको सेवा प्रवाहमा गम्भीर बन्दै कुनै पनि घटना तथा अभियोगको अनुसन्धानको दायरा बढाउन र प्रविधिमा आधारित काममा ध्यान दिन अपिल गर्नु भयो ।

अहिले भईरहेका घटनाक्रम र अपराधका शैली अकल्पनीय र अस्वाभाविक रुपमा विकास हुँदै गएकाले घटनाको सबुद प्रमाण जुटाउदै अभियोजन अघि बढाउन थप गम्भीर बन्नु सरकारी वकिल कार्यालयको प्रमुख कार्यभार रहेको उहाँको भनाई थियो ।

यस्तै, उहाँले पूर्वाधारयुक्त सेवामा न्याय, सेवा र कानुनको विषयमा विशिष्टकरण गर्नका लागि न्याय क्षेत्रमा सेवाग्राहीको गुनासो कम गर्न आफ्ना योग्यता, क्षमता र दक्षतालाई वृद्धि गर्न राज्यले पनि लगानी बढाउन जरुरी रहेको तर्क गर्नुभयो ।

देशभर २० हजार वकिल र १३ हजार कानुन व्यवसायी रहेको बेला सरकारी वकिल ५ हजार मात्रै रहेकाले सेवा प्रदान गर्न चुनौति रहेकाले राज्यले यसको दायरा बढाउन गम्भीर समीक्षा आवश्यक रहेको पनि बताउनुभयो । उहाँले कुनै पनि बहानामा अभियोगमाथि न्याय सम्पादन गर्दा न्यायाधीश प्रभावित हुन नमिल्ने नीतिलाई आत्मसात गर्न ध्यानाकर्षण गराउनुभयो ।

नायव महान्यायाधिवक्ता विश्वराज कोईरालाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता गौतम दिक्षित, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला बार एकाई दाङका अध्यक्ष शिवप्रसाद घिमिरेलगायतले बोल्नुभएको थियो ।

सो अवसरमा सरकारी वकिल कार्यालय दाङका प्रमुख टेकबहादुर थापा र सघन शहरी विकास तथा भवन डिभिजन कार्यालयका खड्गबहादुर चौधरीले नवनिर्मित सुविधासम्पन्न कार्यालयको बारेमा जानकारी गराउनुभएको थियो ।

भ्याटसहित चार करोड १३ लाख ८५ हजार ८ सय १४ मा बनेको नवनिर्मित सरकारी वकिलको कार्यालय राष्ट्रिय भवन संहिता अनुसार बनेको दावी गरिएको छ ।

उक्त कार्यालयको भवन निर्माण खड्का कृष्ण÷ तिरुपाते÷ बंगलामुखी जेभीले गरेको निर्माण व्यवसायी प्रविणकुमार भण्डारीले बताउनुभयो । उच्च अदालत तुलसीपुरका निमित्त सहन्यायाधिवक्ता राजेश्वर अर्यालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिवराज पौडेलले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]