
jsbr-3
Gsbg-3
Rksr-7
Pbu
Usbl-7
Jsbg-7
ksbl-7
Msbg-2
Gsbr-6
Csbg-7


दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालय भवन सिलन्यास गरिएको छ ।
लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले आईतबार भवनको बिधिवत सिलन्यास गरेका हुन । वडा नम्बर ७ का स्थानियलाई पायक पर्ने गरि केन्द्रबिन्दु मानिने बनघुस्री खुटीमा जग्गाको पहिचान गरिएको थियो । सोही जग्गामा वडा कार्यालय भवन निर्माण गर्दै गरेको वडाध्यक्ष मोहन गिरीले बताए ।
आर्थिक बर्ष २०७८/०७९ को १ करोड रूपैयाँको लागतमा भवन निर्माण हुन थालेको हो । वडा कार्यालायको आफ्नै भवन नहुँदा भाडाको भवनबाट सेवा दिनुपर्ने बाध्यता छ । अब भवन बनेपछि त्यो बाध्यता अन्त्य हुनुका साथै सेवा प्रबाहमा थप सहजता आउने बिश्वास गरिएको छ । कार्यक्रममा स्थानिय बुद्धिजीवी, समाजसेवी तथा राजनिती कर्मीहरुको उपस्थिती थियो ।
आगामी असार मसान्त सम्ममा काम सक्ने गरि केएमएस ड्रिलिङ्ग कन्स्ट्रक्सन प्रा.ली लमही-७ ले निर्माण कार्य अगाडी बढाएको छ ।

