
Mbdvs
Gmk
Gisld
Sds
mbd
gst
Anm
Rbs
Ksm
Pbu

Rgu
Hal
Sls
Rgu
Bbu
Rgs
Pvg
Vor
Gst
Bbbpu
Wsp
Ssm
Asm
Rsb
nsb
Ggd
Sbs
Tsm
Ksm

Syp
Mks
Jmb
Pls
Gsb
Jmb
Ptm
Rpp
Abd
sab
bbt
Bml
Rmb
दाङ । घोराहीमा जारी प्रथम शहिद लखन थापा कप नकआउट फुटबल प्रतियोगिताको आज फाइनल खेल हुँदैछ । राप्ती गाउँपालिका र बडहरा युवा क्लबबीच उपाधिका लागि खेल हुन लागेको हो । आज दिउँसो २ बजे बडहरा र राप्ती गाउँपालिकाबीच खेल हुने आयोजक नेपाल मगर संघ घोराही नगर कमिटीले जनाएको छ ।
गत फागुन २ गतेबाट शुुरु भएको प्रतियोगितामा जिल्लाभरबाट १२ क्लबको सहभागिता रहेको छ । लखन थापाको स्मृतिमा नेपाल मगर संघले हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछ भने अन्तिम चारमा पुुगेका २ क्लबले पनि समान साढे १२ हजार रुपैयाँ प्राप्त गर्ने नेपाल मगर संघ घोराही नगर अध्यक्ष देवबहादुर बुढा मगरले जानकारी दिनुुभयो ।
