
Tgp
Gsb
Ssb
Csb
Ksb
Rsb
Ssb
Ksb
Rks
Ppu
Usb
Bsn
Nsb
Ksb

Gsb
Tsb
Usb
Ssb
Hl1

Rgu
Nps
ptl
दाङ । घोराहीमा जारी प्रथम शहिद लखन थापा कप नकआउट फुटबल प्रतियोगिताको आज फाइनल खेल हुँदैछ । राप्ती गाउँपालिका र बडहरा युवा क्लबबीच उपाधिका लागि खेल हुन लागेको हो । आज दिउँसो २ बजे बडहरा र राप्ती गाउँपालिकाबीच खेल हुने आयोजक नेपाल मगर संघ घोराही नगर कमिटीले जनाएको छ ।
गत फागुन २ गतेबाट शुुरु भएको प्रतियोगितामा जिल्लाभरबाट १२ क्लबको सहभागिता रहेको छ । लखन थापाको स्मृतिमा नेपाल मगर संघले हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछ भने अन्तिम चारमा पुुगेका २ क्लबले पनि समान साढे १२ हजार रुपैयाँ प्राप्त गर्ने नेपाल मगर संघ घोराही नगर अध्यक्ष देवबहादुर बुढा मगरले जानकारी दिनुुभयो ।
