
Tgp
Ksb
Rks
Bsn
Gsb
jsb
Ksb
Ssb
Csb
Ssb
Fmb
Nsb
Usb
Rsb
Ppu
Ksb

Usb
Hl1
Tsb
Ssb
Gsb

ptl
Rgu
Nps
दाङ । देउखुरीको राजपुर गाउँपालिका स्तरीय प्रअ बैठक सोमबार सम्पन्न भएको छ । शिक्षा युवा तथा खेलकुद शाखा राजपुरका प्रमुख केशव लम्सालको अध्यक्षता तथा राजपुर गाउँपालिका लेखा अधिकृत भरतमणी पोख्रेलको प्रमुख आतिथ्यतामा बसेको बैठकले विभिन्न चार प्रस्तावमा छलफल गरि निर्णयहरु पारित गरेको हो ।
जस अन्तरगत पहिलो प्रस्ताव एवं निर्णयद्वारा गाउँपालिका अन्तरगतका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा वार्षिक परीक्षा २०७८ लाई आगामी २०७९ बैशाख ८ गते भित्र सकिने गरि परीक्षा संचालन कार्यक्रम गर्नका लागि गाउँपालिकामा गठित परीक्षा समितिलाई जिम्मा दिने भनि निर्णय गरेको छ ।
त्यस्तै दोस्रो प्रस्ताव एवं निर्णयमा शिक्षा तथा मानव श्रोत विकास केन्द्रको च.नं.२५ मिति २०७८/१०/२६ तथा सो केन्द्र कै च.नं.३२ र मिति २०७८/११/०४ गतेको प्राप्त सूचना अनुसार गाउँपालिका अन्तरगतका सम्पूर्ण सामुदायिक विद्यालय कक्षा ८ र १० मा अध्ययनरत सम्पूर्ण विद्यालयहरुले विपन्न लक्ष्यित छात्रवृत्ति फारम तोकिएको म्याद भित्र भर्ने भराउने भनी निर्णय भएको छ ।
यसैगरी तेस्रो प्रस्ताव एवं निर्णयमा शिक्षा विकास तथा समन्वय दाङको च.नं.६०४ र मिति २०७८/११/०१ को सूचना अनुसार सो राजपुर गाउँपलिका अन्तरगतका सम्पूर्ण विद्यालयहरुले द्वन्द पीडित विद्यार्थीहरुको द्वन्द पीडित सहिद छात्रवृत्तिका लागि तोकिएको म्याद भित्र निवेदन पेश गर्न र गराउन भनि निर्णय गरेको छ ।
त्यस्तै चौथो प्रस्ताव एवं निर्णयमा सबैका लागि पढाइ
परियोजना सब सिस्टममा अपलोड भएको डटर रुजु गर्ने र कार्यगत सिमितता भएका बालबालिकाहरुको स्वास्थ्य जाँचको लागि रेफ्रलका लागि छलफल गरि शिक्षकबाट आवश्यक सहयोग लिने निर्णय गरिएको ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक तथा नेपाल शिक्षक महासंघ राजपुरका सचिव दिलबहादुर शाहीले जानकारी दिनु भयो । राजपुर गाउँपालिका अन्तरगतको ३२ वटा विद्यालयका प्रधानाध्यापकहरुको उपस्थितिमा सम्पन्न भएको सो बैठकको संचालन राजपुर शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक कामना चौधरीले गर्नु भएको थियो ।

