
Rsb
Ksb
Ssb
Usb
Ksb
Csb
Gsb
Ssb
Tgp
Rks
Ppu
Nsb
Ksb
jsb
Bsn

Hl1
Usb
Gsb
Tsb
Ssb

Rgu
Nps
ptl
दाङ । देउखुरीको लमही नगरपालिकामा नि:शुल्क सामुदायिक कुकुरहरुको बन्ध्याकरण तथा रेबिज रोग विरुद्धको खोप कार्यक्रम सोमबार एक कार्यक्रमको बीचमा उद्घाटन भएको छ ।
सोमबार आज बिहान उक्त कार्यक्रमको लमही नगरपालिका प्रमुख कुलबहादुर केसी र उप-प्रमुख देबका बेल्बासेले संयूक्त रुपमा उद्घाटन गर्नु भएको हो । उक्त कार्यक्रमलाई उद्घाटन गर्दै नगर प्रमुख केसीले पछिल्लो समय अनावश्यक भुसिया कुकुरहरु वृद्धि भएको र केही कुकुरहरुमा रेबिजको संक्रमण समेत लागेर मानिसलाई टोकेर सताउने गरेको गुनासोको आधारमा ती कुकुरको उत्पादनलाई न्यूनीकरण गर्नको लागि ३ वर्षको योजना बनाएर सो उपाय अपनाई कार्यक्रम संचालन गरेको बताउनु भयो ।
त्यस्तै उप-प्रमुख देवका बेल्बासेले गाउँसमाजमा रहेका भुसिया कुकुरलाई सिधै मार्न नमिल्ने भएको हुँदा बन्ध्याकरणको उपाय अपनाएर कार्यक्रम अघि बढाएको बताउनु भयो । लमही नगरपालिकाको कुल ६ लाखको बजेटमा संचालन भएको सो कार्यक्रम फाल्गुन १४ गतेसम्म चल्ने छ ।
लमही नगरपालिकाको कार्यालय पशु सेवा शाखा लमहीको आयोजना तथा एच ए आर टी हिमालयन एनमल रेस्क्यु ट्र्स्ट कास्की पोखराको प्राविधिक सहयोगमा संचालन भएको उक्त कार्यक्रममा नगर भित्रमा २०९ वटा कुकुरलाई बन्ध्याकरण गर्ने लक्ष्य आयोजकले राखेको लमही पशु सेवा शाखाका प्रमुख शिवराज न्यौपानेले जानकारी दिनु भयो ।


