
Rgp1
cjs
Pbu
sbs
Djs
Srbpu
Gfs
Lnp
pku
Ggp
Rgp
Unsku
Sgr
Pes

Bbu
Rgu
Asm
Sls
nsb
Ksm
Rgu
Bbbpu
Tsm
Rgs
Ssm
Vor
Sbs
Hal
Gst
Ggd
Wsp
Rsb
Pvg

Bml
Jmb
Syp
bbt
sab
Rpp
Ptm
Abd
Rmb
Mks
Gsb
Pls
Jmb
दाङ । देउखुरीको लमही नगरपालिकामा नि:शुल्क सामुदायिक कुकुरहरुको बन्ध्याकरण तथा रेबिज रोग विरुद्धको खोप कार्यक्रम सोमबार एक कार्यक्रमको बीचमा उद्घाटन भएको छ ।
सोमबार आज बिहान उक्त कार्यक्रमको लमही नगरपालिका प्रमुख कुलबहादुर केसी र उप-प्रमुख देबका बेल्बासेले संयूक्त रुपमा उद्घाटन गर्नु भएको हो । उक्त कार्यक्रमलाई उद्घाटन गर्दै नगर प्रमुख केसीले पछिल्लो समय अनावश्यक भुसिया कुकुरहरु वृद्धि भएको र केही कुकुरहरुमा रेबिजको संक्रमण समेत लागेर मानिसलाई टोकेर सताउने गरेको गुनासोको आधारमा ती कुकुरको उत्पादनलाई न्यूनीकरण गर्नको लागि ३ वर्षको योजना बनाएर सो उपाय अपनाई कार्यक्रम संचालन गरेको बताउनु भयो ।
त्यस्तै उप-प्रमुख देवका बेल्बासेले गाउँसमाजमा रहेका भुसिया कुकुरलाई सिधै मार्न नमिल्ने भएको हुँदा बन्ध्याकरणको उपाय अपनाएर कार्यक्रम अघि बढाएको बताउनु भयो । लमही नगरपालिकाको कुल ६ लाखको बजेटमा संचालन भएको सो कार्यक्रम फाल्गुन १४ गतेसम्म चल्ने छ ।
लमही नगरपालिकाको कार्यालय पशु सेवा शाखा लमहीको आयोजना तथा एच ए आर टी हिमालयन एनमल रेस्क्यु ट्र्स्ट कास्की पोखराको प्राविधिक सहयोगमा संचालन भएको उक्त कार्यक्रममा नगर भित्रमा २०९ वटा कुकुरलाई बन्ध्याकरण गर्ने लक्ष्य आयोजकले राखेको लमही पशु सेवा शाखाका प्रमुख शिवराज न्यौपानेले जानकारी दिनु भयो ।


