Sidha Patra आइतबार, फाल्गुण ०८, २०७८

दाङ । राजपुर खेलकुद महोत्सवको दोस्रो दिनमा भएको गाउँपालिका स्तरीय क्रीकेट खेलमा पहिलो खेल वडा नम्बर ७ र वडा नम्बर ५ को बीचमा भएको थियो ।

राजपुर ७ ले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको थियो । आफ्नो ब्याटिङ तर्फ वडा नम्बर ५ ले कुल २० ओभरको कोटा खेल्दै ९ विकेट गुमाएर ७४ रन बनाउन सफल भएको थियो । राजपुर ५ को ब्याटिङ तर्फ बिशालले ३५ बलमा १९ र अखिलेशले १३ बलमा १२ रन बनाउन सफल भएको थियो ।

त्यसैगरी ७४ रनमा सिमित गराउदै बलिङ तर्फ राजपुर ७ का अजित साहीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १४ रनमा ५ विकेट लिएका थिए । यस्तै असीम मगरले १ विकेट,दिपेश केसीले ३ विकेट लिएका थिए । जवाफी ब्याटिङमा ७५ रनको झिनो लक्ष्य पछ्याउँदै राजपुर ७ का कप्तान अर्जुन बस्नेतले उत्कृष्ट ब्याटिङ गर्दै ४४ बलमा ४० रन र असीम मगरले २२ बलमा २१ रनको मदतले सजिलै ७ विकेटमा जित हासिल गरेका थिए । त्यस्तै उत्कृष्ट बलिङ गर्ने अजित साही उक्त म्याचको म्यान अफ ड म्याच घोषित भएका थिए ।

त्यसैगरी दोस्रो खेलमा वडा नम्बर २ बेला र वडा नम्बर १ सिरिया नाका बीच खेल भएको थियो । उक्त खेलमा सिरियाले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको थियो । राजपुर २ बेलाले आफ्नो १५ ओभरको कोटा खेल्दै ४ विकेट गुमाएर ७५ रन बनाउन सफल भएको थियो । ब्याटिङ तर्फ बेलाका कप्तान रामवरण यादवले २८ बलमा २२ रन र मोहन यादवले ३० बलमा १५ रन बनाउन सफल भएका थिए ।

त्यस्तै सिरियाका बिकाश पुनले ३ ओभरमा १४ रन खर्चिएर २ विकेट हासिल गरेका थिए । ७६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सिरियाले ४ विकेट गुमाएर ७९ रनमा १२.३ ओभरमा सजिलै जित हासिल गरेको थियो ।

ब्याटिङ तर्फ सिरियाका ब्याट्सम्यान बिकाश पुनले २६ बलमा २३ रन र मान बहादुर पुनले १६ बलमा १६ रन तथा सुरजले ६ बलमा ११ रनको योगदान दिएका थिए । त्यस्तै राजपुर २ को बलिङ तर्फ एनजलले १.३ ओभरमा ८ रन खर्चेर १ विकेट लिएका थिए । यसैगरी सिरियाले ६ विकेटले सजिलै जित हासिल गरेको थियो । त्यस्तै उक्त म्याचको म्यान अफ ड म्याचमा आफ्नो उत्कृष्ट बलिङ र ब्याटिङ गर्दै बिकाश पुन घोषित भएका थिए ।

त्यस्तै तेस्रो खेलमा राजपुर ७ र राजपुर क्रीकेट क्लब बि बीचमा भएको थियो । जसमा टस जितेर राजपुर ७ ले फिल्डिङ गर्ने निर्णय लिएको थियो । यस्तै क्लब बिले आफ्नो सबै विकेट गुमाएर ७७ रन बनाउन सफल भएको थियो । यसैगरी राजपुर क्रीकेट क्लब बिका ब्याट्सम्यान नितेसले २३ बलमा २२ रन र खिमले १८ बलमा १३ रन बनाउन सफल भएका थिए ।

बलिङ तर्फ राजपुर ७ का कप्तान अर्जुन बस्नेतले ३ ओभरमा ५ रन खर्चेर ३ विकेट र अजित शाहीले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रेको राजपुर ७ ले ११.१ ओभरमा आफ्नो ५ विकेट गुमाएर लक्ष्य सजिलै हासिल गरेको थियो । त्यस्तै ब्याटिङ तर्फ स्वयं कप्तान अर्जुन बस्नेतले ३१ बलमा २७ रन र गोपालले २३ बलमा १९ रनको योगदान दिएका थिए । यस्तै उक्त म्याच राजपुर ७ ले ५ विकेटले जित हासिल गरेको थियो । सो म्याचको म्यान अफ ड म्यान उत्कृष्ट ब्याटिङ र बलिङ गरेका स्वयं कप्तान अर्जुन बस्नेत घोषित भएको यस खेलका अम्पायर सुदन पोख्रेलले जानकारी दिनु भयो ।

यसैगरी आज भएको भलिबल खेलमा वडा नम्बर ७ लाई वडा नम्बर ६ ले पराजित गरेको छ भने दोस्रो खेलमा वडा नम्बर ६ ले वडा नम्बर १ लाई पनि पराजित गरि विजय हासिल गरेको महोत्सव सहायक व्यवस्थापन अमृत खड्काले जानकारी दिनु भयो ।

त्यस्तै वडा नम्बर ५ र वडा नम्बर २ को बीच भएको पहिलो फुटबल खेलमा वडा २ ले ५ गोल हानी वडा नम्बर ५ लाई पराजित गरेको छ । यस्तै वडा नम्बर ३ र वडा नम्बर ५ को बीचमा भएको दोस्रो खेलमा २-२ समान गोलको भएको सो खेलका रेफ्री सरद शर्माले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]