
Ksm
Gisld
Mbdvs
mbd
gst
Sds
Pbu
Rbs
Anm
Gmk

Gst
Asm
Bbbpu
nsb
Rgs
Sls
Ggd
Sbs
Rgu
Hal
Bbu
Ksm
Pvg
Ssm
Rgu
Rsb
Tsm
Wsp
Vor

sab
Jmb
Pls
Syp
Ptm
Abd
Mks
bbt
Bml
Jmb
Rmb
Gsb
Rpp
दाङ । राजपुर खेलकुद महोत्सवको दोस्रो दिनमा भएको गाउँपालिका स्तरीय क्रीकेट खेलमा पहिलो खेल वडा नम्बर ७ र वडा नम्बर ५ को बीचमा भएको थियो ।
राजपुर ७ ले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको थियो । आफ्नो ब्याटिङ तर्फ वडा नम्बर ५ ले कुल २० ओभरको कोटा खेल्दै ९ विकेट गुमाएर ७४ रन बनाउन सफल भएको थियो । राजपुर ५ को ब्याटिङ तर्फ बिशालले ३५ बलमा १९ र अखिलेशले १३ बलमा १२ रन बनाउन सफल भएको थियो ।
त्यसैगरी ७४ रनमा सिमित गराउदै बलिङ तर्फ राजपुर ७ का अजित साहीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १४ रनमा ५ विकेट लिएका थिए । यस्तै असीम मगरले १ विकेट,दिपेश केसीले ३ विकेट लिएका थिए । जवाफी ब्याटिङमा ७५ रनको झिनो लक्ष्य पछ्याउँदै राजपुर ७ का कप्तान अर्जुन बस्नेतले उत्कृष्ट ब्याटिङ गर्दै ४४ बलमा ४० रन र असीम मगरले २२ बलमा २१ रनको मदतले सजिलै ७ विकेटमा जित हासिल गरेका थिए । त्यस्तै उत्कृष्ट बलिङ गर्ने अजित साही उक्त म्याचको म्यान अफ ड म्याच घोषित भएका थिए ।
त्यसैगरी दोस्रो खेलमा वडा नम्बर २ बेला र वडा नम्बर १ सिरिया नाका बीच खेल भएको थियो । उक्त खेलमा सिरियाले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको थियो । राजपुर २ बेलाले आफ्नो १५ ओभरको कोटा खेल्दै ४ विकेट गुमाएर ७५ रन बनाउन सफल भएको थियो । ब्याटिङ तर्फ बेलाका कप्तान रामवरण यादवले २८ बलमा २२ रन र मोहन यादवले ३० बलमा १५ रन बनाउन सफल भएका थिए ।
त्यस्तै सिरियाका बिकाश पुनले ३ ओभरमा १४ रन खर्चिएर २ विकेट हासिल गरेका थिए । ७६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सिरियाले ४ विकेट गुमाएर ७९ रनमा १२.३ ओभरमा सजिलै जित हासिल गरेको थियो ।
ब्याटिङ तर्फ सिरियाका ब्याट्सम्यान बिकाश पुनले २६ बलमा २३ रन र मान बहादुर पुनले १६ बलमा १६ रन तथा सुरजले ६ बलमा ११ रनको योगदान दिएका थिए । त्यस्तै राजपुर २ को बलिङ तर्फ एनजलले १.३ ओभरमा ८ रन खर्चेर १ विकेट लिएका थिए । यसैगरी सिरियाले ६ विकेटले सजिलै जित हासिल गरेको थियो । त्यस्तै उक्त म्याचको म्यान अफ ड म्याचमा आफ्नो उत्कृष्ट बलिङ र ब्याटिङ गर्दै बिकाश पुन घोषित भएका थिए ।
त्यस्तै तेस्रो खेलमा राजपुर ७ र राजपुर क्रीकेट क्लब बि बीचमा भएको थियो । जसमा टस जितेर राजपुर ७ ले फिल्डिङ गर्ने निर्णय लिएको थियो । यस्तै क्लब बिले आफ्नो सबै विकेट गुमाएर ७७ रन बनाउन सफल भएको थियो । यसैगरी राजपुर क्रीकेट क्लब बिका ब्याट्सम्यान नितेसले २३ बलमा २२ रन र खिमले १८ बलमा १३ रन बनाउन सफल भएका थिए ।
बलिङ तर्फ राजपुर ७ का कप्तान अर्जुन बस्नेतले ३ ओभरमा ५ रन खर्चेर ३ विकेट र अजित शाहीले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रेको राजपुर ७ ले ११.१ ओभरमा आफ्नो ५ विकेट गुमाएर लक्ष्य सजिलै हासिल गरेको थियो । त्यस्तै ब्याटिङ तर्फ स्वयं कप्तान अर्जुन बस्नेतले ३१ बलमा २७ रन र गोपालले २३ बलमा १९ रनको योगदान दिएका थिए । यस्तै उक्त म्याच राजपुर ७ ले ५ विकेटले जित हासिल गरेको थियो । सो म्याचको म्यान अफ ड म्यान उत्कृष्ट ब्याटिङ र बलिङ गरेका स्वयं कप्तान अर्जुन बस्नेत घोषित भएको यस खेलका अम्पायर सुदन पोख्रेलले जानकारी दिनु भयो ।
यसैगरी आज भएको भलिबल खेलमा वडा नम्बर ७ लाई वडा नम्बर ६ ले पराजित गरेको छ भने दोस्रो खेलमा वडा नम्बर ६ ले वडा नम्बर १ लाई पनि पराजित गरि विजय हासिल गरेको महोत्सव सहायक व्यवस्थापन अमृत खड्काले जानकारी दिनु भयो ।
त्यस्तै वडा नम्बर ५ र वडा नम्बर २ को बीच भएको पहिलो फुटबल खेलमा वडा २ ले ५ गोल हानी वडा नम्बर ५ लाई पराजित गरेको छ । यस्तै वडा नम्बर ३ र वडा नम्बर ५ को बीचमा भएको दोस्रो खेलमा २-२ समान गोलको भएको सो खेलका रेफ्री सरद शर्माले जानकारी दिनु भयो ।
