Sidha Patra आइतबार, फाल्गुण ०८, २०७८

दाङ । दाङमा एक व्यक्तिले शिवको भक्त हुँ भन्दै महिला र बालिकामाथी बलत्कार गरेको घटना सार्वजनिक भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ निवासी ३५ वर्षीय गोपाल बिकले दैविक देवि देवले आफुलाई छोएको बहाना गरी महिला र बालिकालाई बलत्कार गरेको घटना बाहिर आएको हो ।

गत माघ १९ गते रातको समयमा तुलसीपुर उपमहानगरपालिका–१८ खैरेटी निवासी एक महिलाको घरमा पसेर आफु शिवको भक्त हुँ भन्दै महिलामाथी बलात्कार गरेका थिए । जिल्ला प्रहरी कार्यलय दाङका अनुसार त्रिशुल प्रहार गरी महिलाको कपाल काटिदिएर त्रसित गराउँदा पीडित महिलाका छोरा–छोरी डरले घर बाहिर निस्किएका थिए । सोही समयमा बिकले महिलामाथी बलत्कार गरेको निवेदन प्रहरीमा दर्ता भएको छ ।

यसका साथै बिकले पिडित महिलाकी १४ वर्षीय छोरीसंग पिउने पानी मागेको र पानी लिन कोठामा गएको बेला उक्त बालिकालाई पनि बलात्कार गरेको भन्दै बिक विरुद्ध प्रहरीमा उजुरी परेपछि उक्त घटना सार्वजनिक भएको हो ।

फाुगन ५ गते बिक विरुद्ध उजुरी परेको थियो । प्रहरीले बिकलाई तुलसीपुर उपमहानगरपालिका वडा नम१९ दुधरास स्थित गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका बिकमाथी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को दफा २१९ उपदफा १ र २ मा परिभाषित कसूर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]