Sidha Patra आइतबार, फाल्गुण ०८, २०७८

दाङ । न्याय सम्पादनको हिसाबले दाङ जिल्ला अदालत सर्वोत्कृष्ट घोषित भएको छ । ०७८÷७९ को जिल्ला अदालतहरुको अर्धवार्षिक प्रगति समीक्षामा धेरै मुद्दा फछ्र्यौट गरेको भन्दै सर्वोच्च अदालतले दाङ जिल्ला अदालतलाई सर्वोत्कृष्ट घोषणा गरेको हो ।

सर्वोच्च अदालतले जिल्ला अदालतहरुले औषत फछ्र्यौट ३५ प्रतिशत हुनुपर्नेमा दाङ जिल्ला अदालतले ६ महिनामा ४३ प्रतिशत मुद्दा फछ्र्र्यौट गरेको भन्दै न्याय सम्पादनमा देशकै पहिलो जिल्ला अदालतमा परेको श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो । सामान्यतयाःएकजना न्यायाधीशले वर्षमा पा“च सय मुद्दा फछ्र्यौट गर्नुपर्नेमा दाङ जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाले छ महिनामै पा“च सय ४४, हिमलाल बेलबासेले पा“च सय ४६ र डिल्लीराम शर्माले पा“च सय ६५ मुद्दा फछ्र्यौट गर्नुभएको छ ।

जिल्ला न्यायाधीश रितेन्द्र थापाले कोरोनाका कारण फछ्र्यौटमा समस्या भएकोले वार्षिक लक्ष पूरा गर्न समस्या हुने भन्दै तीनैजना न्यायाधीशको सल्लाहमा मुद्दा फछ्र्यौटका लागि मेहनत गरिएको बताउनुभयो । उहा“ले मुद्दाको अंग पु¥याउने काममा कर्मचारीले गरेको मेहनतले यो सम्भव भएको न्यायाधीश थापाले बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]