
Gisld
Mbdvs
mbd
Ksm
Sds
Gmk
Rbs
Anm
Pbu
gst

Vor
Gst
Wsp
Rgu
Bbbpu
Bbu
Rgs
Rgu
Tsm
nsb
Rsb
Hal
Ksm
Ssm
Sbs
Asm
Ggd
Pvg
Sls

bbt
Jmb
sab
Rmb
Jmb
Abd
Gsb
Mks
Syp
Ptm
Pls
Rpp
Bml
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ नयाँ बस्तीमा शनिबारदेखि राजपुर खेलकुद महोत्सव २०७८ को उद्घाटन भएको छ । उक्त महोत्सवको राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले विधिवत रुपमा उद्घाटन गर्नु भएको हो ।
राजपुर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष तथा राजपुर खेलकुद महोत्सवका संयोजक नरेन्द्र सिंह भण्डारीको अध्यक्षता एवं राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको सो कार्यक्रममा प्रमुख अतिथि केसीले स्वास्थ्यको लागि खेलकुद आवश्यक रहेको बताउनु भएको छ ।
खेलले स्वस्थ बनाउछ र स्वस्थ नागरिक भयो भने देश विकासमा स्वस्थ नागरिकले महत्त्वपूर्ण जिम्मेवारी तथा भुमिका खेल्छन्। त्यसकारणले खेलको माध्यमबाट नै रास्ट्रको विकासमा एकदमै महत्त्वपूर्ण टेवा दिने पाटाे भएकोले स्वस्थको लागि खेलकुद रास्ट्रको लागि खेलकुद भन्ने नारा एकदमै सार्थक भएको छ र यो खेल महोत्सव सभ्य र भव्यका साथ सफल होस भनि शुभकामना दिनु भयो ।
यस्तै उपाध्यक्ष धनपतीदेवी यादवले खेलकुदको महत्त्व दर्शाउदै खेलाडी भाइबहिनीहरुले खेल पारदर्शी भएर अनुशासित भएर खेलीदिनुहुन्छ भनी प्रतिबद्धता गर्दै रिस, झै-झगडा नहोस् भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले स्वागत मन्तव्य दिदै खेलकुद वास्तवमा जीवनको अपरिहार्य हो जसले मैत्रीभाव सृजना गराउछ भने अर्कोतिर स्वस्थ तन्दुरुस्त राख्न पनि खेल अत्यावश्यक चिज हो त्यसैलाई मध्यनजर गरेर वडा नम्बर ५ का जनप्रतिनिधिहरुले युवाहरूको मनुभावलाई बुझेर खेलकुद आयोजना गर्नु भएको हो । यो आयोजना गरिएको खेलकुद १२ गतेसम्म भरिपूर्ण रूपमा आनन्द दिने गरि र मैत्रीभाव जगाउने तरिकाले खेलकुद अगाडि बढाेस् भन्दै शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा राजपुर गाउँपालिकाका लेखा अधिकृत भरतमणी पोख्रेल,राजपुर गाउँपालिका वडा नम्बर १ का वडा सदस्य गोमा अधिकारी,नेपाली काङ्ग्रेस दाङ जिल्लाका सदस्य कृष्ण बस्नेत,दाङ क्रीकेट संघका उपाध्यक्ष किशोर कुमार घर्ती मगर,नेपाली काङ्ग्रेस राजपुर गाउँपालिकाका उपसभापति अमृत खड्का लगायतका व्यक्तिको उक्त कार्यक्रममा सहभागी रहेको थियो भने औपचारिक कार्यक्रमको संचालन वडा नम्बर ५ का सचिव साधारम यादवले गर्नु भएको थियो । यस्तै उक्त महोत्सवको औपचारिक तथा उद्घाटन सत्रको कार्यक्रमलाई समापन गर्दै अध्यक्ष नरेन्द्र सिंह भण्डारीले खेल क्षेत्र सम्मानजनक भएकाले सबै खेलाडीले अनुशासित र मर्यादित भएर खेल खेल्न आग्रह गर्नुभएको छ । उहाँले खेलमा सीप दक्षता र क्षमता प्रदर्शन गरी विवादरहित खेल बनाउनुपर्नेमा जोड दिनुभएको छ।
राष्ट्रको लागि खेल,स्वास्थ्यको लागि खेल भन्ने मुल नाराको साथमा उद्घाटन भएको सो खेलकुद महोत्सवमा जिल्ला स्तरीय क्रीकेट प्रतियोगितामा त्रीशिद्धेश्वरी स्पोर्ट्स एकेडेमी तुलसीपुर,पुरन्धारा क्रीकेट एकेडेमी बबई गाउँपालिका,यूएन बिसी एकेडेमी घोराही,देउखुरी क्रीकेट एकेडेमी लमहीले भाग लिएका छन् ।
यसैगरी सो महोत्सवमा गाउँपालिका स्तरीय क्रीकेट प्रतियोगितामा ५ वटा टिम समावेश रहेको छ । त्यस्तै
भलिबल प्रतियोगितामा ६ टिमले भाग लिएको छ भने फुटबलमा ११ टिमले भाग लिएको अन्तर्राष्ट्रिय क्रीकेट खेलाडी तथा राजपुर खेलकुद महोत्सवका व्यवस्थापक राजबिर सिंह (मुकेश)ले जानकारी दिनु भयो ।
त्यस्तै पुरन्धारा र त्रीशिद्धेश्वरी स्पोर्ट्स बीचमा आज भएको खेलमा पहिलो टस जितेर पुरन्धाराले बलिङ गर्ने निर्णय लिएको थियो । जसमा त्रीशिद्धेश्वरी स्पोर्ट्सले आफ्नो २० ओभरको कोटा खेली ६ विकेट गुमाएर जम्मा ९७ रन बनाउन सफल भएको थियो । जवाफीमा ९७ झिनो लक्ष्य पछ्याउँदै पुरन्धाराले १५ ओभरमा ५ विकेट गुमाएर जित हासिल गरेको स्कोर केरमान घर्ती मगरले जानकारी दिनु भयो ।
यस्तै राष्ट्रिय खेलाडी मोहन खत्रीले बिस्पोर्ट ब्याटिङ गर्दै ३ छक्काको मद्दतले १५ बलमा ३२ रन बनाएका थिए । त्यस्तै उनी उक्त म्याच म्यान अफ ड म्याच घोषित भएको राष्ट्रिय खेलाडी तथा सो खेलका अम्पायर सुदन पोख्रेलले जानकारी दिनु भयो ।
त्यस्तै उता फुटबल प्रतियोगितामा वडा नम्बर ५ ले वडा नम्बर १ लाई एक गोलले पराजित गरेको छ । आज भएको लिगचरणको खेलमा वडा नम्बर १ ले दुई गोल हानेको थियो भने वडा नम्बर ५ ले ३ गोल हानेर जित हात पारेको हो ।
यसैगरी आयोजकका अनुसार आज महोत्सवको पहिलो दिन भएको हुँदा अन्य खेल खेलाउन नसकिएको र भोलिदेखि निरन्तर अन्य खेल खेलाउने तयारी रहेको बुझिएको छ ।


