शिवराज खनाल शनिबार, फाल्गुण ०७, २०७८

दाङ । दाङको लमहीमा माण्डबी राप्ती सेवा समाज गठन गरिएको छ । शनिबार आज लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको प्रमुख ब्यापारिक केन्द्र लमहीमा अवस्थित होटल देउखुरी दरबारमा गठन गरिएको हो ।

त्यसैगरी उक्त भेलाले शिवराज खनालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा वसन्त भण्डारी,सचिवमा शंकर भण्डारी,कोषाध्यक्षमा सरद भण्डारी,सदस्यहरुमा ऋषिराम भण्डारी,बाम देब खनाल,छविलाल भण्डारी,राममणि पोख्रेल,धर्म भण्डारी,शशीधर भण्डारी उर्फ(पुस्प)र बल देब भण्डारी रहेका छन ।

त्यस्तै समितिले ४ सदस्यीय सल्लाहकार समेत चयन गरेको छ । जसमा गोपाल रेग्मी,ठाकुर भण्डारी , युवराज रेग्मी र देबिराम भण्डारी रहेका छन । सल्लाहकार समितिबाट बोल्दै युवराज रेग्मीले यो संस्था बिसुद्द गैर नाफा रहित बनाएर अगाडि बढ्न कार्यसमितिलाई अनुरोध समेत गरे । संस्थाका अध्यक्ष शिवराज खनालले यस संस्था चाडै नै बैंधानिक बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । माण्डबी राप्ती सेवा समाज साविक दाङ देउखुरीमा बस्दै आएका सबैको साझा संस्था हो – खनालले भने । तेस्तै गोपाल रेग्मीले यस संस्था सबैको साहारा बन्न सकोस भन्दै शुभकामना समेत व्यक्त गरे ।

सचिव शंकर भण्डारीले प्युठान माण्डबी क्षेत्रबाट हाल दाङ देउखुरीमा स्थाई एबम व्यबसायिक रुपमा कर्मथलो बनाई बसेकाहरुबाट सुरुवात गरिएको र यसको दायरा समय सापेक्ष बढाउदै लैजाने बताए । शिव राजखनालको अध्यक्षता र बसन्त भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शंकर भण्डारीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]