
Ppu
Rsb
Ksb
Ksb
Ssb
Ssb
Nsb
Bsn
Ksb
Usb
Csb
Gsb
Rks
Tgp

Usb
Ssb
Hl1
Gsb
Tsb

Rgu
Nps
ptl
दाङ । मैत्रीपूर्ण फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ दाङ शाखाको टिम बिजयी भएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीले आज आयोजना गरेको मैत्रीपूर्ण खेलमा ५–६ गोल अन्तरले पत्रकार महासंघको टिम बिजयी भएको हो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव आर.के.शीतल र गुरुकुल एकेडेमीका शिक्षक कृष्णदेव थापाको कप्तानीमा भएको खेलमा महासंघको टिमले ५ का विरुद्ध ६ गोल गर्दै बिजयी भएको हो । पहिलो हाफमा १–२ गोल अन्तरले पछि परेको महासंघको टिमले दोश्रो हाफमा उत्कृष्ठ खेल प्रदर्शन गर्दै कमव्याक जित निकालेको हो ।
त्यस्तै महासंघको जितका लागि सुशील चौधरी, दिपक वली,प्रविन बुढाथोकी,जीवन मल्ललगायतका खेलाडीहरुले गोल गरेका थिए भने गुरुकुलका तर्फबाट सन्दीप वलीलगायतका खेलाडीले गोल गरेका थिए । प्रतियोगितामा बिजेता टिम नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदीलगायतको टिमलाई गुरुकुल एकेडेमीका शिक्षक कृष्णदेव थापालगायतले मायाको चिनो प्रदान गरेका थिए ।
