
jsb
Ksb
Ssb
Ssb
Rks
Csb
Tgp
Nsb
Ksb
Usb
Ksb
Gsb
Ppu
Rsb
Bsn

Ssb
Tsb
Usb
Hl1
Gsb

ptl
Nps
Rgu
दाङ । दाङमा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ जनाको पिसिआर र ३० जनाकोे एन्टिजेन परिक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा घोराही, राप्ती र दंगिशरणमा २÷२, तुलससीपुर र गढवाका र जिल्ला बाहिरका १÷१ जना रहेका छन् ।
त्यस्तै वितेका २४ घण्टामा दाङका ३९ जना निको भएका छन् । पिसीआर र एन्टिजेनबाट निको हुनेमा घोराहीका १८ जना, राप्तीका १०, तुलसीपुर ७, दंगीशरणका शान्तीनगर र गढवाका १÷१ जना रहेका केन्द्रले जनाएको छ ।
जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या ७३ रहेको छ । त्यसमध्य घरमा ६७ जना, सामान्य उपचारमा र आईसियूमा ३÷३ जना रहेका केन्द्रले जनाएको छ ।
