Sidha Patra बिहिबार, माघ २७, २०७८

दाङ । दाङमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ जनाकोे एन्टिजेन परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । संक्रमण पुष्टि हुनेमा तुलसीपुर र दंगीशरणका १÷१ जना रहेका छन् ।

त्यस्तै वितेका २४ घण्टामा दाङका १९ जना निको भएका छन् । पिसीआर र एन्टिजेनबाट निको हुनेमा घोराहीका ९ जना, तुलसीपुर र दंगीशरणका ४÷४ जना, राजपुर र जिल्ला बाहिरका १÷१ जना रहेका केन्द्रले जनाएको छ ।

जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या १०२ रहेको छ । त्यसमध्य घरमा ९७ जना, सामान्य उपचारमा र आईसियूमा ३÷३ जना रहेका केन्द्रले जनाएको छ ।

यसैविच आज दाङमा एक जना कारोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर ११ का ६० पुरुष रहेको केन्द्रले जनाएको छ । उनीलाई हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचाररत ती पुरुषको आज विहान ७ः४० को समयमा मृत्यु भएको केन्द्रले जनाएको हो । यस्तै दाङमा बैशाखयता कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]