
pku
Srbpu
Lnp
Sgr
Djs
Unsku
Pes
Pbu
Rgp
Ggp
Rgp1
Gfs
cjs
sbs

Ggd
nsb
Wsp
Bbu
Bbbpu
Asm
Ksm
Sls
Ssm
Pvg
Rgu
Sbs
Vor
Rgs
Hal
Tsm
Gst
Rsb
Rgu

Jmb
sab
Gsb
Bml
Syp
Rpp
Mks
bbt
Ptm
Jmb
Pls
Rmb
Abd
दाङ । लमही जेसीसले बिकट बस्तीहरुमा पुगेर स्थानिय हरुलाई नि:शुल्क स्वास्थ्य सेवा दिनुका साथै कोभिड-१९ को एन्टिजेन परिक्षण समेत गरेको छ ।
सबैजना जनालाई स्वास्थ्यको पहुँच पुय्राउन लमही जेसिजले नि:शुल्क स्वास्थ्य शिबिरको आयोजना गरी सेवा प्रदान गरेको हो । लमही नगरपालिका वडा नम्बर ४ स्थित बिकट बस्तीहरुमा पुगेर स्थानियहरुको परिक्षण गरिएको लमही जेसिज बर्ष २०२२ का अध्यक्ष जेसी सुन्दर केसी सुजनले बताए ।
सबै स्थानियलाई स्वास्थ्य सेवा प्रदान गर्ने जेसिजको लक्ष्य सह्राहनिय रहेको कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर ४ का वडाध्यक्ष सुवास न्यौपानेले बताए । स्वास्थ्य जस्तो सम्बेदनशिलमा कोही बञ्चित हुनु भएन, स्वास्थ्य प्रदान गर्न सबै लाग्नुपर्छ वडाध्यक्ष न्यौपानेले भने । लमही नगरपालिका वडा नम्बर ४ का १ सय ३३ जनाले नि:शुल्क सेवा लिएका छन । स्वास्थ्य चेकअप पश्चात् स्थानियलाई औषधी बितरण समेत गरिएको थियो ।
लमही जेसिज बर्ष २०२२ का अध्यक्ष सुन्दर केसी सुजनको अध्यक्षता तथा वडाध्यक्ष सुवास न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई सफल बनाउन लमही नगरपालिका, बिपि मेडिकल हल लमही, लमही सर्जिकल हाउस, सन्चो मेडिकल हल लमही, नमस्ते फर्मासिटिकल घोराही, समर फर्मासिटिकल घोराही, मारुती मेडिको फर्मा लमही, सृष्टि किराना पसल लमही लगायतले सहयोग गरेका हुन ।
लमही जेसिज बर्ष २०२२ का स्वास्थ्य सँयोजक तथा कार्यक्रम सँयोजक जेसी श्रृजन पौडेलको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा स्थानिय बुद्दिजिवी हल्लुराम चौधरी, जेसिजका पुर्ब अध्यक्ष उमाकान्त चौधरी लगायतका बक्ताले बोलेका थिए । कार्यक्रमको सहजिकरण लमही जेसिज बर्ष २०२२ का जेसी रामदिन चौधरीले गरेका थिए ।
