
Msbg-2
Usbl-7
ksbl-7
Csbg-7
jsbr-3
Gsbr-6
Jsbg-7
Gsbg-3
Pbu
Rksr-7


दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा संचालन १५ दिने गाउँपालिका स्तरीय कुक तालिम सोमबार एक कार्यक्रमको बीचमा सम्पन्न भएको छ ।
राजपुर गाउँपालिकाको आर्थिक लगानी र गढवा होटेल ब्यबसायी संघ गढवाको आयोजनामा पालिका स्तरीय होटेलका २४ जना प्रोप्राईटरहरुलाई प्रमुख प्रशिक्षक सुर्यलाल चौधरी र शिवराज पुन मगरले उक्त तालिम दिनु भएको थियो । गाउँपालिकाको २ लाख ५० हजार र होटेल ब्यबसायी संघ गढवाको सहयोग ६४ हजार २ सय गरि जम्मा ३ लाख १४ हजार २ सयको आर्थिक लगानीमा उक्त तालिम सम्पन्न भएको हो ।
होटेल ब्यबसायी संघ गढवाका अध्यक्ष दयाराम थापाको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बोल्दै राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपतीदेवि यादवले पालिकामा रहेका होटेलमा बनाईने विभिन्न प्रकारका खानामा थप गुणस्तर कायम गर्ने उद्देश्यले पालिकाबाट बजेट छुट्याइएको र तालिम भएकोमा तालिम अवधीभर आफुले सिकेको कुरालाई ब्यबाहरमा उतारि व्यबहारमा लागू गर्नु पर्नेमा जोड दिनु पर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष लोकराज केसीले तालिममा सिकेका सिपलाई ब्यबहारमा लागु गर्न सकेमा होटेल व्यावसायिहरुलाई फाइदा हुने र स्थानीय नागरिकहरुले पनि गुणस्तर सहितको सेवा लिन सक्ने भएको भन्दै कार्यक्रम अवधीभर आ-आफ्नो जिम्मेवार भुमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिदै शुभकामना मन्तब्य दिनु भएको थियो ।
यसैगरी होटेल ब्यबसायी संघ गढवा तथा कार्यक्रमका अध्यक्ष दयाराम थापाले बोल्दै तालिममा सहभागी सबैलाई आफुले सिकेको सिप र प्राप्त प्रमाणपत्रको सदुपयोग गर्न आग्रह गर्नु भयो ।
सो तालिमका प्रशिक्षार्थी पुष्पा यादवको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भिमबहादुर खड्का,राजपुर – २ का वडा सदस्य द्वय शान्ति चौधरी र शान्ता परियार,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढा,सोही उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष रामबहादुर बुढाथोकी,गढवा होटल व्यवसायी संघका उपाध्यक्ष रमेश कुमार बजगाइ लगायतको सहभागिता रहेको थियो ।
तालिमको ब्यवस्थापन गढवा होटेल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष गोपाल प्रसाद पाण्डेले गर्नु भएको थियो भने सो कार्यक्रमको संचालन होटेल ब्यबसायी संघ गढवाका सचिब तिलक पुनले गर्नु भएको थियो ।








