Sidha Patra सोमबार, माघ २४, २०७८

दाङ । दाङ सल्यान सडक खण्डमा त्रिसिद्देश्वरि राप्ति यातायात सेवाप्रालिले बिश्वकर्मा बाबाको मन्दिर निर्माण गर्दै छ ।

तुलसीपुर कपुरकोट सडकमा पर्ने राम्री नजिकैको घुम्तिमा प्रालिले मन्दिर निर्माण गर्न लागेको हो। राप्ति सेवा प्रालिका प्रबन्धक पुस्कर धितालले आईतबार बसन्त पन्चमिको दिन पारेर एक कार्यक्रमका बिच सिलन्यास गर्नु भएको छ । यस अघि भयानक दुर्घटना भएको राम्री देखि पाच सय मिट माथि घुम्तिमा रहेको खुल्ला स्थानमा बिश्वकर्मा बाबाको मन्दिर निर्माण गर्न लागिएको यातायात ब्यबसायि प्रकाश भट्टले बताउनु भयो ।

यस्तै उहाँका अनुसार सो स्थानमा प्रालिले मिनि पार्क समेत निर्माण गर्ने छ । यात्रुहरुका लागि प्रतिक्षालय र खाने पानिको समेत ब्यबस्था मिलाईने छ । सो स्थानमा कपुरकोट र दाङबाट समेत टिकटक र फोटो खिच्न जानेहरुको भिड हुने गरेको अर्का ब्यबसायि प्रितमकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
यस अघि त्रिसिद्देश्वरि राप्ति यातायात सेवाप्रालिले घोराहि लमहि सडकको चौपट्टा,तुलसीपुर अमिलिया सडकको दमारगाउको पहाडमा बिश्वकर्मा बाबाको मन्दिर निर्माण गरिसकेको छ ।

त्यसैगरि त्रिसिद्देश्वरि मन्दिर परिसरमा समेत मन्दिर निर्माण गरिसकेको छ । जसका कारण गाडि धनिरुलाई पुजाआजा गर्न सहज भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]