अजय मिश्र/कपिलवस्तु आइतबार, माघ २३, २०७८

कपिलवस्तु । मानव वेचबिखनवाट पीडित तथा प्रभावित हरूको सहयोगका लागी बार्षिक सार्वजनिक छलफल कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ ।

कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र राम चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य कृष्णनगर नगरपालिका महिला तथा वालबालिक शाखा प्रमुख थुमा देवी उपाध्यायले राख्नु भयो ।

विभिन्न संघ संस्था, प्रहरी, मानव वेचबिखनवाट पीडित व्यक्ति, कर्मचारी, पत्रकार, समाजसेवी लगायत अन्य सरोकार वाला हरूको बिचमा मानव वेचबिखनवाट पीडित तथा प्रभावित हरूको सहयोगका लागि के कस्ता उपाय हरू अपनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा मानव बेचविखनका कारणहरू, मानव बेचविखन बाट हुने असर, मानव बेचविखन नियन्त्रणका उपायहरू, मानव बेचविखन बिरूद्ध माइती नेपालले गरेका पहलहरु, उद्धार एवम् पुनरागमन प्रक्रिया, बालश्रम, कार्य स्थलमा हुन सक्ने यौन दुर्व्यवहार हरू, सेवा स्तरमा हुन सक्ने यौन शोषणका कुराहरु लगायत अन्य बिषयमा माइती नेपाल रूपन्देही तथा कपिलवस्तु जिल्लाकी कार्यक्रम संयोजक माया क्षेत्रीले प्रकाश पार्नुभयो ।

कार्यक्रममा व्यवस्थापनको भुमिका माइती नेपाल द्वारा संचालित हाम्रो सम्मान परियोजना कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तवले गर्नुभयोlकार्यक्रम संचालन इश्वरी प्रसाद पौडेल ले गर्नुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]