Sidha Patra आइतबार, माघ २३, २०७८

दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा जंगबहादुर चौधरीले नेतृत्व गरेको संयुक्त लोकतान्त्रिक प्यानल बिजयी भएको छ । ९ जना कार्यसमितिका लागि खानेपानी संस्थाको हिजो मतदान भएको थियो ।

कुल ४ हजार २ सय ७७ मतदाता रहेका मध्ये २ हजार ७ सय ९ मत खसेको थियो । १० मत बदर भएको निर्वाचन संयोजक कुलचन्द्र पौडेलले जानकारी दिनुभएको छ ।

जसमा अध्यक्ष पदका लागि जंग बहादुर चौधरीले १ हजार ५ सय १८ मत प्राप्तगरि निवार्चित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी सनम कुमार पौडेलले १ हजार ४३ मत प्राप्त गर्नुभएको हो ।

यसैगरी उपाध्यक्ष पदमा सीतादेबी चौधरीले १ हजार ४ सय २१ मत प्राप्तगरि निवार्चित हुनुभएको छ भने उहाँका प्रतिस्पधी श्यामकला भुसालले ९ सय ३३ मत प्राप्त गर्नुभएको थियो ।

सचिब पदका लागि बसन्त आचार्यले १ हजार २ सय ३३ मत प्राप्तगरि निवार्चित हुनुभएको छ भने उहाँका प्रतिस्पधी दशरथ घिमीरेले १ हजार १ सय ७९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी कोषाध्यक्ष पदका लागि बासुदेब गौतम निवार्चित हुनुभएको छ । यस्तै सदस्यहरुमा जगनारायण चौधरी, किरण चौधरी, ज्ञान बहादुर विक, शिवा चौधरी र सीता खत्री पोख्रेल निवार्चि भएको निर्वाचन संयोजक कुलचन्द्र पौडेलले जानकारी दिनुभएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]