दाङ । व्यवसायीहरुलाई सीप मुलक तथा कर समवन्धी तालिम दिन थालिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा घोराही उपमहानगरपालिका वडा न १४ को सहयोगमा २ दिने व्यवसायी सीप मुलक तालिम तथा कर सम्वन्धी तालिम दिन थालिएको हो ।
तालिममा व्यवसाय सुरु गर्दा कुन कुन निकायमा दर्ता गर्ने, हिसाव किताव कसरी राख्ने, हिसाव सही तरीकाले नराख्न हुने समस्या , व्यवसाय गर्दा आइ पर्ने समस्या, कर भनेको के हो, कर तिर्नु पर्दछ, कसरी कर तिर्न सकिन्छ, सरकारले व्यवसाय क्षेत्रमा परिवर्तन गरेका नियमका बारेमा समेत जानकारी दिइने छ ।
तालिम उद्घाटन गदै घोराही उप महानगरपालिका वडा नं १४ का वडाध्यक्ष शक्तिराम डाँगीले यस प्रकारको तालिमले व्यवसायीहरुलाइ व्यवसाय गर्दा सहयोग पु¥याउने बताए । ‘आफनो क्षेत्रको बारेमा वुझेर अगाडि बढदा सहज हुने छ’ उनले भने । आफुले सिकेका कुरा अरुलाई पनि सिकाउनु उनले सुझाव दिए । संघको अगुवाइमा समाजमा धेरै राम्रा कामहरु भएको भन्दै यस प्रकारका कार्यलाइ निरन्तरता दिन आग्रह गरे । राम्रा कामहरुमा आफु सहकार्य गरेर अगाडि वढन तयार रहेको उनको भनाइ रहेको थियो ।
संघका अध्यक्ष टंकसिंह बुढाथोकीले संघले व्यवसायीहरुको पक्षमा कार्य गदै आएको बताए । व्यवसायीहरुलाइ पर्ने समस्या समाधानका लागि संघ सधै तयार रहेको उनको भनाइ रहेको थियो । कुनै पनि समस्या भएमा त्यसका वारेमा जानकारी दिन समेत उनले आग्रह गरे । व्यवसायीहरुलाइ क्षमता अभिवृद्धिका लागि समय समयमा विभिन्न प्रकारका तालिम सञ्चालन गदै आएको बताए । उद्घाटन कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए । तालिमको प्रशिक्षकमा अडिटर थम्मन अधिकारीले रहेका छन् ।