Sidha Patra आइतबार, माघ १६, २०७८

देउखुरी । कोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गते बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन् । बाह्रदेखि १७ वर्ष उमेर समूहका ६९ हजार ५५० बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्यका साथ २१ गतेसम्मका लागि विद्यालय खुलेका हुन् ।

विद्यालय खुलेपछि भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिने भएको छ । घोराहीबाहेकका नौ पालिकाका बालबालिकालाई पहिलो मात्रा मोडर्ना खोप लगाइने र घोराहीमा दोस्रो मात्रा तथा यसअघि छुटेका बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय दाङका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिनु भयो ।

यसअघि गत पुुस २० देख २६ गतेसम्म घोराहीका २२ हजार ४५५ बालबालिकालाई मोडर्ना खोप लगाइएको थियो । घोराहीका बालबालिकालाई दोस्रो मात्रा र त्यतिबेला छुटेका बालबालिकालाई पहिलो मात्रा दिइने प्रमुख शाहीले जानकारी दिनुभयो ।

घोराहीबाहेकका अन्य पालिकामा भने १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि यसअघि खोप अभियान चलाइएको छैन । माघ ४ गते गृह, स्वास्थ्य,शिक्षा तथा सुरक्षा निकायका पदाधिकारीको बैठकले माघ १६ गतेदेखि २० गतेसम्म खोप लगाउन विद्यालय खुला गर्ने र खोप अभियान चलाउने निर्णय गरेको थियो । दाङमा अहिलेसम्म ८८ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार पहिलो डोज खोप लगाउने ८८ प्रतिशत र दोस्रो डोज लगाउने ६१ प्रतिशत छन् ।

स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत मेघराज पौडेलका अनुसार पहिलो डोज लगाउने तीन लाख ५० हजार ५२७ जना र दोस्रो डोज लगाउने दुई लाख ६७ हजार ६३३ जना रहेका छन् । घोराहीमा एक लाख २८ हजार ११ जनाले पहिलो र ९३ हजार ४३० जनाले दोस्रो डोज खोप लगाएका छन् । त्यसैगरी तुलसीपुरमा ९७ हजार २२३ जनाले पहिलो र ७१ हजार ९८० जनाले दोस्रो डोज खोप लगाएको अधिकृत पौडेलले जानकारी दिनुुभयो ।

लमहीमा ३० हजार ६८५ जनाले पहिलो र २६ हजार २३८ जनाले दोस्रो डोज लगाएका छन् । यसैगरी बङ्गलाचुलीमा आठ हजार ८८५ जनाले पहिलो र सात हजार २०१ जनाले दोस्रो डोज खोप लगाएको तथ्याङ्क छ । बबईमा १४ हजार ३९५ जनाले पहिलो र १० हजार २४४ जनाले दोस्रो, शान्तिनगरमा १४ हजार ८८४ जनाले पहिलो र नौ हजार ७७३ जनाले दोस्रो, दङ्गीशरणमा ११ हजार ६३६ जनाले पहिलो र नौ हजार दुई जनाले दोस्रो डोज खोप लगाएका छन् ।

त्यस्तै राप्तीमा २२ हजार ५०० ले पहिलो र २० हजार ४५२ जनाले दोस्रो, गढवामा २० हजार १०२ जनाले पहिलो र १३ हजार ७४७ जनाले दोस्रो र राजपुरमा १२ हजार ७९९ जनाले पहिलो र पाँच हजार ५६६ जनाले दोस्रो डोज खोप लगाएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]