टेकबहादुर पुन शनिबार, माघ १५, २०७८

दाङ । लमही नगरपालिका वडा नम्बर ७ बन्गैँमा नगर स्वास्थ्य केन्द्र भवनको सिलन्यास गरिएको छ । लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले शनिबार भवनको बिधिवत सिलन्यास गरेका हुन् ।

आर्थिक बर्ष २०७८/०७९ को ८५ लाख रुपैयाको लागतमा भवन निर्माण हुन थालेको हो । वडा स्तरिय नगर स्वास्थ्य केन्द्रको आफ्नै भवन नहुँदा सेवा प्रबाहमा केही समस्या थियो । भवन नभएपनि केन्द्रले स्थानिय सामुदायिक बनको भवनबाट सेवा दिँदै आईरहेको थियो ।

अब भने आफ्नै भबनबाट सेवा दिन थालेपछि सेवा प्रवाह प्रभावकारी रहने बिश्वास गरिएको छ । पुर्ब पश्चिम राजमार्ग देखि दक्षिण भित्रमा रहेका बन्गै, कमानपुर, हसनापुर लगायतका बस्तीहरु केही बिकट मानिन्छन । यस क्षेत्रका स्थानिय सामान्य उपचार बाहेक अन्य उपचारका लागि लमही पुग्नुपर्ने बाध्यता थियो । त्यो बाध्यतालाई अन्त्य गर्न यस क्षेत्रमा स्वास्थ्य भवन अति आबस्यक थियो । सोही अनुरुप सँरचनाको काम अगाडि बढाईएको वडाध्यक्ष मोहन गिरीले बताए । आफ्नै सँरचना निर्माण भए लगत्तै दक्ष जनशक्ती सहित सेवाको स्तरबृद्दी गरिने वडाध्यक्ष गिरिको भनाई छ ।

स्वास्थ्य केन्द्रको भवन बन्न थालेपछी स्थानियमा खुसी छाएको छ । स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रका निम्ति बन्दै गरेको भवनले स्थानियमा आशा जगाएको छ । अहिले जमिन लेबल फाउण्डेसनको काम भईरहेको छ । आगामी असार मसान्त सम्ममा काम सक्ने गरि सिजल निर्माण सेवा घोराहीले काम शुरु गरेको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]