
Ggp
Pes
Srbpu
pku
Rgp1
cjs
Rgp
Sgr
Djs
sbs
Lnp
Unsku
Gfs
Pbu

Ggd
Bbu
Sbs
Asm
Vor
Ksm
Rgu
Rgs
Tsm
Wsp
Ssm
nsb
Sls
Bbbpu
Rsb
Rgu
Gst
Hal
Pvg

Pls
Syp
Bml
Jmb
sab
Abd
Mks
Jmb
Ptm
Gsb
Rmb
Rpp
bbt
दाङ । लमही नगरपालिका वडा नम्बर ७ बन्गैँमा नगर स्वास्थ्य केन्द्र भवनको सिलन्यास गरिएको छ । लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले शनिबार भवनको बिधिवत सिलन्यास गरेका हुन् ।
आर्थिक बर्ष २०७८/०७९ को ८५ लाख रुपैयाको लागतमा भवन निर्माण हुन थालेको हो । वडा स्तरिय नगर स्वास्थ्य केन्द्रको आफ्नै भवन नहुँदा सेवा प्रबाहमा केही समस्या थियो । भवन नभएपनि केन्द्रले स्थानिय सामुदायिक बनको भवनबाट सेवा दिँदै आईरहेको थियो ।
अब भने आफ्नै भबनबाट सेवा दिन थालेपछि सेवा प्रवाह प्रभावकारी रहने बिश्वास गरिएको छ । पुर्ब पश्चिम राजमार्ग देखि दक्षिण भित्रमा रहेका बन्गै, कमानपुर, हसनापुर लगायतका बस्तीहरु केही बिकट मानिन्छन । यस क्षेत्रका स्थानिय सामान्य उपचार बाहेक अन्य उपचारका लागि लमही पुग्नुपर्ने बाध्यता थियो । त्यो बाध्यतालाई अन्त्य गर्न यस क्षेत्रमा स्वास्थ्य भवन अति आबस्यक थियो । सोही अनुरुप सँरचनाको काम अगाडि बढाईएको वडाध्यक्ष मोहन गिरीले बताए । आफ्नै सँरचना निर्माण भए लगत्तै दक्ष जनशक्ती सहित सेवाको स्तरबृद्दी गरिने वडाध्यक्ष गिरिको भनाई छ ।
स्वास्थ्य केन्द्रको भवन बन्न थालेपछी स्थानियमा खुसी छाएको छ । स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रका निम्ति बन्दै गरेको भवनले स्थानियमा आशा जगाएको छ । अहिले जमिन लेबल फाउण्डेसनको काम भईरहेको छ । आगामी असार मसान्त सम्ममा काम सक्ने गरि सिजल निर्माण सेवा घोराहीले काम शुरु गरेको हो ।


