
Djs
Ggp
pku
cjs
sbs
Unsku
Rgp1
Lnp
Pbu
Pes
Srbpu
Gfs
Rgp
Sgr

Rsb
Asm
Vor
Wsp
Rgs
Ksm
Rgu
Rgu
Bbu
Ssm
Hal
Sls
nsb
Sbs
Tsm
Ggd
Bbbpu
Gst
Pvg

bbt
Pls
Bml
sab
Jmb
Abd
Jmb
Rpp
Syp
Gsb
Mks
Rmb
Ptm
दाङ । दाङको तुलसिपुरमा रहेको राप्ती आँखा अस्पताल रक्षाचौरमा आँखाको नानी प्रत्यारोपण सेवा सुरु भएको छ । नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपण सेवा सुरू भएको हो ।
अस्पतालले पहिलो पटक बाँकेको राप्ती सुनारी–१ की कल्पना कुमालको आँखाको नानी प्रत्यारोपण गरेको हो । नेपाल आँखा बैंकले उपलब्ध गराएको नानी कुमालको आँखामा प्रत्यारोपण गरिएको राप्ती आँखा अस्पतालकी कर्निया रोग विशेषज्ञ डा. ज्योती सापकोटाले जानकारी दिनु भयो ।
एक महिना अगाडि कुमालको आँखामा मकैका कारण नानीमा चोट लागेको थियो । आँखाको नानीमा चोट लागेर औषधिले सञ्चो नभएपछि आँखाको नानी फेर्ने शल्यक्रिया गरिएको डा. सापकोटाले बताउनुभयो । यस्तो शल्यक्रिया राप्तीमा पहिलो पटक भएको उहाँको भनाइ छ ।
राप्तीमा उपचार सुरु भएपछि आँखाको नानी फेर्नका लागि काठमाण्डौ वा अरु सेवा भएका ठाउँमा जानुपर्ने बाध्यता हटेको छ ।
