Sidha Patra आइतबार, माघ ०९, २०७८

दाङ । दाङको घोराहीमा कुकुरको बन्ध्याकरण गर्ने र रेविज विरुद्ध खोप लगाउने कार्यक्रम शुरु गरिएको छ । घोराही उपमहानगरपालिका पशुु सेवा शाखाको आयोजना तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दाङको प्राविधिक सहयोगमा आज देखी तीन दिन सम्म निशुुल्क कुुकुुरहरुको बन्ध्याकरण गर्ने र रेविज विरुद्ध खोप लगाउने कार्यक्रम सुरु गरिएको हो ।

त्यस्तै पशुु सेवा शाखाका प्रमुख जिबराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले नागरिकहरुको सुरक्षाका लागि यो कार्यक्रम सञ्चालन गरिएको बताउनुुभयो । साथै उहाँले घरमा पालिएका कुुकुुरहरुलाई अनिवार्य रेविज विरुद्धको खोप लगाउन आग्रह पनि गर्नु भएको छ ।

त्यसैगरी,वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीले घर पालुुवा र बजारमा छाडा रहेका सबै कुुकुुरहरुलाई खोप लगाईने बताउनुुभयो । केही दिन पहिले घोराही बजार क्षेत्रमा ३५ जना बढी व्यक्तिलाई बौलाह कुुकुरले टोकेको थियो ।

यसैगरी घोराही उपमहानगरपालिकाले कुुुकुुरहरुलाई खोप निशुुल्क लगाउनुुका साथै बन्ध्याकरण गर्ने र कुुकुुरले टोकेका मानिसका लागि रेविज विरुद्धको खोप राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नि:शुुल्क व्यवस्था गरेको जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]