Sidha Patra आइतबार, माघ ०९, २०७८

दाङ । घोराही उपमहानगरपालिकाले रेविज विरुद्धको खोप निशुुल्क व्यवस्था गरेको छ । पछिल्लो समयमा थुप्रै मानिसलाई कुुकुुरले टोक्न थालेपछि उपमहानगरपालिकाले लुुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयबाट खोप ल्याई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेको छ ।

उपमहानगरपालिकाले खोप माग गरेपछि स्वास्थ्य निर्देशनालयले स्वास्थ्य कार्यालय दाङमा पठाएको थियो । उक्त खोप आज उपमहानगरपालिकाले प्रतिष्ठानलाई हस्तान्तरण गरको हो ।

नगरका प्रबक्ता भरतमणि अर्यालले प्रतिष्ठानका डा. सागर पन्थीलाई उक्त खोप हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुुर शाहीले निशुुल्क रेविज विरुद्धको खोप लगाउन सकिने बताउनुुभयो ।

त्यसैगरी घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले पछिल्लो समय मानिसहरुलाई कुुकुुरले टोक्ने क्रम बढेपछि निशुल्क खोपको व्यवस्था गर्न आफुहरु लागेको बताउनुुभयो । केही दिन पहिले घोराही क्षेत्रमा करिब ३५ जनालाई कुुकुुरले टोकेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]