शिवराज खनाल/लमही शनिबार, माघ ०८, २०७८

दाङ । लुम्बिनी प्रदेश भित्रका ट्रक यातायात व्यवसायीहरुले दूर्घटना न्यूनिकरण, कोभिडको माहामारीवाट सुरक्षित रहन र ढुवानीको उचित भाडा लिनका लागि पार्किङ स्थलमा गाडी राख्ने अनि जोर विजोर प्रणालीमा ढुवानी कार्ड मार्फत लोडिङगर्ने निणर्य गरेका छन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशको विहिवार र शुक्रवार रुपन्देहीमा भएको भेलाले प्रदेशका सवै यातायात व्यवसायी संघ संस्थाले आ आफनो क्षेत्रमा पार्किङ स्थल बनाएर सोही स्थानवाट गाडी संचालन गराउने निणर्य गरेको छ । महासंघले गरेको निणर्यलाई वेवास्था गरी कार्यान्वयन नर्गर्ने सवारी धनीलाई संस्थावाट उपलब्ध गराउने दूर्घटना सुविधावाट बन्चित गर्ने समेत भेलाले निणर्य गरेको राप्ती अन्चल संयुक्त ट्रक ब्यकसाइक समितिका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले बताए । ” यो निर्णय व्यावसायिको हितका लागिनै गरिएको हो कार्यन्वयन गराउन अप्ठ्यारो हुदैन ” – श्रेष्ठले भने ।

त्यस्तै भेलाले ईन्धनमा भएको मुल्य वृद्धिको अनुपातमा भाडा समायोजन गर्न नेपाल सरकार र सरोकारवाला निकायमा तत्काल अनुरोध गर्ने र सबै व्यवसायीहरुले नयांभाडादरमा ढुवानी गराउन निर्देशन गर्ने र कोभिडको प्रकोपवाट सुरक्षित हुन जोर विजोर प्रणालीमा ढुवानी गर्ने निणर्य गरिएको छ । माघ १५ गतेसम्म प्रचार प्रसार गरी सवै गाडी धनी र चालकहरुलाई जानकारी गराउने र माघ २१ गते देखि पार्किङ स्थलवाट ढुवानी कार्ड मार्फत लोर्डिङ गर्ने व्यवस्था मिलाउने निणर्य लुम्बिनी प्रदेशले गरेकोलाई अन्य प्रदेशमा रहेका यातायात व्यवसायीहरुलाई पनि लागु गराउन महासंघले पहल गर्ने नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले बताए ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशको आह्वानमा भएको भेलामा महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल,राप्ती अञ्चल सम्युक्त ट्रक यातायात व्यवसायी समितिका अध्यक्ष रत्न प्रसाद श्रेष्ठ , प्रसासनिक सचिब उमेस मजगैया पश्चिमाञ्च यातायात व्यवसायी समिति , लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, वाणगंगा यातायात व्यवसायी समिति र भेरी यातायात व्यववसायी समितिका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । भेलाले गरेका निणर्यहरुलाई कार्यान्वय गरे नगरेको वारे अनुगमन गर्न प्रदेश अध्यक्ष यम प्रसाद पाण्डेको संयोजकत्व र वाणगंगा समितिका महासचिव लक्ष्मण भुसालको सहसंयोजकमा प्रदेशका सवै यातायात व्यवसायी संस्थाको प्रतिनिधीत्व हुने गरी १३ सदस्यीय अनुगमन समिति गठन गरेको छ ।

त्यस्तै अनुगमन समितीले प्रभावकारी रुपमा निणर्य कार्यान्वय गराउने सवालमा प्रभावकारी रुपमा काम गर्नु पर्ने छ । साथै उक्त भेलाले पश्चिमाञ्चल यातायात व्यवसायी समितिका उपाध्यक्षद्धय गणेश घिमिरे, गुप्तबहादुर केसी रामु, व्यवसायी युवराज पन्त, बसन्त खड्का, राप्तीका ईश्वरी पाण्डेलाई प्रदेश सदस्यमा मनोनित समेत गरेको राप्ती अञ्चल संयुक्त ट्रक व्यावसायि समितिका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]