
Ggp
Lnp
Sgp
Usb
Rgp
Rgp
Jns
Pbu
lnp
Dbs
Dus
Lks
Ggp
ksb
Rgp
Rgp
Asb


दाङ । कठ्याङ्ग्रीदो जाडो त्यसमा पनि दृष्टिबिहिन जीवन बिताउन बाध्य भएका लमही नगरपालिका वडा नम्बर २ डोरही बस्ने ४७ वर्षिय नारायण प्रसाद पोख्रेल न्यानो कपडा कम्बल पाउदा खुसी भएका छन् । धेरै लामो समय औषधि उपचार गरि बिगत चार पाँच वर्षदेखि आँखाको ज्योति गुमाएका पोख्रेलको अहिले आर्थिक अवस्था कमजोर भएको छ ।
यसरी आर्थिक अवस्था कमजोर भएका बिपन्न बर्गका पोख्रेललाई लमही नगरपालिकाको बिपत ब्यबस्थापन शाखाले न्यानो कपडा कम्बल शुक्रबार वितरण गरेकोछ। पोख्रेललाई उहाँकै घरमा पुगि नगरपालिकाका मेयर-कुल बहादुर के.सी.,२ नम्बर वडा सदस्य-सुनिता चौधरी र बिपत ब्यबस्थापन शाखाका प्रमुख गायत्री थापाले न्यानो कपडा ( कम्बल ) वितरण गर्नु भएको हो ।
नगरपालिकाको बिपत ब्यबस्थापन कोषबाट न्यानो कपडा वडाको सिफारिसमा वितरण गरिएको शाखा प्रमुख गायत्री थापाले जानकारी दिनु भएकोछ। वडाबाट छनौट भइ आएका अति बिपन्न आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई न्यानो कपडा वितरण गरिने कार्यक्रम रहेको जनाइएको छ ।
