Sidha Patra शुक्रबार, माघ ०७, २०७८

दाङ । कोरोना संक्रमणको दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा पालनामा गम्भिर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरुले कोरोना संक्रमणबाट बच्न मास्क लगाउने र भौतिक दूरी कामय राख्ने बिषयलाई अनिवार्य गरेपनि नागरिक स्तरबाट भने गम्भिर लापर्वाही देखिएको हो ।

बिषेश गरी बजार क्षेत्रमा नागरिकहरुको भिडभाड अत्यधिक नै छ भने अधिकांशले मास्क नै लगाउने गरेका छैनन् । जान्ने बुुझ्नेहरुबाटै स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा अटेरी गर्दा कोरोना संक्रमण नियन्त्रणमा चुनौती थपिने स्वास्थ्यकर्मीहरु बताउछन् ।

यसैक्रममा कोरोना जोखिम न्यूनिकरणका लागि दाङमा प्रहरीले सचेतना मूलक कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । बढ्दो कोरोना जोखिमका बेला पनि मास्क नलगाउने र भिडभाड गर्नेहरुलाई प्रहरीले सम्झाउने गरेको दाङका प्रहरी प्रबक्ता डिएसपी मुुकुन्दप्रसाद रिजालले जानकारी दिनुुभयो ।

जिल्लाभरी नै बजार क्षेत्रमा प्रहरीहरु परिचाल भई कोरोना जोखिमका बारेमा जानकारी गराउने, अनिवार्य मास्क लगाउने र भिडभाड नगर्ने कुुुरामा सचेत पार्दै आएको उहाँको भनाई छ ।

यसैक्रममा आज प्रहरी निरीक्षक झबिन्द्र परियारको नेतृत्वमा खटिएको प्रहरी टोलीले तुलसीपुर चोक, शहिद गेट लगाएतका स्थानहरुमा तपाईको मास्क खोई भन्ने अभियानलाई निरन्तरता दिएको छ ।

सो क्रममा मास्क नलगाएर हिडेका दर्जनौ नागरिकहरुलाई कोरोना जोखिमको बारेमा बुुझाउदै अटेरी नगर्न र स्वास्थ्यको बिषेश ख्याल गर्न सुुझाब दिईएको प्रहरी निरीक्षक परियारको भनाई छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]