शिबराज पन्थी/गढवा शुक्रबार, माघ ०७, २०७८

दाङ । नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवामा उपसभापतिको पदमा सहमति कायम हुन नसकेपछि एमाले र गठबन्धनको बिच निर्वाचन सुरु भएको छ ।

उपसभापति बाहेकका सबै पदहरुमा दलिय सहमति जुटेको तर उपसभापतिमा नेकपा एकिकृत समाजवादी र एमालेको तर्फबाट अलग–अलग उमेदवारी परेपछि एउटा पदमा शुक्रवार बिहान १० बजेदेखि निर्वाचन सुरु भएको हो ।

उपशाखाको आठौं अधिवेशन अन्तर्गत पुर्व कार्यसमितिको २ बर्षे कार्यकाल पुरा भएपछि नयाँ कार्यसमिति चयन गर्ने क्रममा एमालेलाई बाइपास गरेका कारण एकल पदमा उमेदवारी दिइएको एमाले गढवाले जनाएको छ । तर गठबन्धन समूहले भने एमालेलाई सर्बदलिय बैठकमा बोलाईएको र उपसभापति भन्दा तलका उपसचिव र सदस्य पदमा एमाले बस्न नचाहेको बताएको छ ।

कुल एघार पदमा बिहिवार मनोनयन दर्ता भएको थियो । मनोनयन दर्ता पछि उपसभापति बाहेक सबै पदहरुमा निर्विरोध सर्बसम्मत भएको निर्वाचन अधिकृतले जानकारी दिनुभयो । उपशाखाको सभापतिमा नेपाली काँगे्रसका दयाराम यादव,सचिवमा राष्ट्रिय जनमोर्चाका भरत अधिकारी,उपसचिव र कोषाध्यक्षमा माओबादी केन्द्रका रामदास यादव र महेश कुमार अधिकारी र उपकोषाध्यक्षमा जनता समाजवादी पार्टीका नागेन्द्र प्रसाद यादव निर्विरोध निर्वाचित हुनु भएको छ । यसैगरी सदस्य पदमा नेपाली काँगे्रसका सरस्वती योगी,हिरालाल चौधरी,तुल्सीराम भुसाल,नेकपा एसबाट मोहन कुमार पाण्डे र राष्ट्रिय जनमोर्चाबाट युवराज आचार्य निर्विरोध निर्वाचित हुनु भएको छ । उपसभापति पदमा भने नेकपा एमालेका मधा न्यौपाने र एकिकृत समाजवादी पार्टीका शारदा पौडेल बिच चुनावी प्रतिष्पर्धा भै रहेको छ ।

उपशाखा अन्तर्गतका रेडक्रस आजिवन सदस्यहरु मतदाता हुने ब्यवस्था भए अनुसार कुल मतदाता ३ सय ७३ जना रहेको मतदान अधिकृत प्रकाश श्रीबन्धले जानकारी दिनुभयो । बिहान १० बजेदेखि बेलुका ३ बजे सम्म मतदान हुने र २ बजे भित्र मतदाता कम्पाउण्डमा प्रबेश गर्नुपर्ने निर्वाचन समितिले जानकारी दिएको छ । उपशाखामा निर्वाचीत ११ पद सहित निर्वमान सभापति, उपशाखाबाट चुनिएको जिल्ला समितिको सदस्य र स्थानीय सरकारको बिपद् हेर्ने अधिकारी पदेन सदस्य रहने र एक जना सदस्य उपशाखाको सभापतिले मनोनित गर्ने बैधानीक प्रकृया रहेको निर्वाचन समितिले जनाएको छ ।

एघार पदमा आजिवन सदस्यहरुबाट निर्वाचन हुने ब्यवस्था रहेपनि उपशाखा गढवाको यस समितिमा दलितको प्रतिनिधी एकजना पनि नभएको र ३३ प्रतिशत महिला सदस्य हुनुपर्नेमा जम्मा २ जना महिला रहेको पाइएको छ । मतदान पछि मतगणना गरि शुक्रवार साँझ अबेर सम्म मत परिणाम आउने बताइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]