
Nsb
Csb
Ksb
Ksb
Tgp
Fmb
Usb
Rsb
Ssb
Ksb
Bsn
Gsb
jsb
Ssb
Ppu
Rks

Tsb
Gsb
Hl1
Ssb
Usb

Rgu
ptl
Nps
चितवन । पुर्व पश्चिम राजमार्गमा पहिराे झर्दा सवारी आवातजावत बन्दै भएकाे छ ।
गएराति करिब साढे दुई बजेतिर चितवन ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ नारायणगढ – मुग्लिन सडक खण्डको कालिखोला भन्ने स्थानमा सडक माथीबाट सुख्खा पहिरो झरी दुबै तर्फ बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
त्यस्तै उक्त पहिराे हटाउनकाे लागि अहिले एक वटा जेसिबी र एक वटा स्काभेटरले काम गरिरहेकाले अब ४ देखि ५ घण्टामा पुर्णरुपमा खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नरहरी अधिकारीले बताउनु भयो।
यस्तै अहिले पनि हल्काहल्का पहिराे झरिरहेकाले जाेखिम रहेकाे हुँदा पहिराे हटाउनकाे लागि केही समय लाग्ने प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनु भयो । जनसहारा
